उकेरा प्रदेश

पोखरामा घरको छतबाट खसेर एक जनाको मृत्यु 


पोखरा : घरको छतबाट खसेर पोखरामा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउसो पोखरा महानगरपालिका–१२ माटेपानीस्थित तेजकाशी गुरुङको घरको छतबाट लडेर ३९ वर्षीय अशोक गुरुङको मृत्यु भएको हो। 

अशोक त्यही घरमा भाडामा बस्दै आएका थिए । अशोक आफू बस्दै आएको घरको चार तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका थिए। घरको छतबाट खसेका अशोकलाई तत्कालै उद्धारगरी पीश्चमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक ज्ञानबहादुर कार्कीले बताए। 

उनका अनुसार अशोकले लामो समयदेखि मानसिक रोग सम्बन्धी औषधि प्रयोग गर्दै आएको खुलेको छ। उनले आत्म हत्या गरेका हुन् वा दुर्घटनामा परेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कर्णाली प्रदेश : सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै  एमालेद्वारा संसद् अवरुद्ध  

एमालेले  आज बसेको १८ औँ बैठकमा सरकारसँग भएको सहमति विपरीतका योजनाहरू बजेटमा समेटिएको भन्दै बैठक अवरुद्ध गरेको हो। गत माघ १८ गते सभामुख राजबहादुर शाहीको अध्यक्षतामा....

न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीको अवैध धन्दा : भण्डारी र जोशीले ठूला सप्लायर्सकहाँ पठाउने गरेको खुलासा

औषधि जस्तै देखिने न्युट्रासिटिकल फुड सप्लिमेन्ट्रीमा रि-लेबलिङ गरी आफैं मूल्यसूची राखेर उनीहरुले सप्लायर्समार्फत फार्मेसीमा पठाउने र डाक्टरलाई अधिक कमिसन दिएर बिक्री गर्ने गरेका छन्। बुटवल, दीपनगरस्थित....

बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दै

प्रदेश सभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दैछ। प्रदेश सभा बैठकमा प्रमुख प्रतिपक्ष एमालेको तर्फबाट सरकारले प्रस्तुत गरेको बजेटमाथि संशोधन....

उपचार पाए निको हुन्छन्, तर आर्थिक अभावले अपाङ्ग हुन बाध्य छन् कर्णालीका बालबालिका

लौरोकै भरमा विद्यालय गएर विभिन्न क्रियाकलापमा भाग लिने गर्छन् सन्तोष। सन्तोषलाई लौरोको सहाराबिनै हिँडडुल गर्न मन छ। तर पैसा नभएकाले उपचार हुन नसकेको पनि उनले....

गण्डकीलाई समृद्ध बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौँ : मुख्यमन्त्री पोखरेल

पोखरामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले खबरदारीसँगै रचनात्मक सहयोग गरेको अवस्थामा समृद्धिको सपना पूरा गर्न सकिने बताए। उनले भने,‘गण्डकीलाई समृद्ध बनाउने हाम्रो....