सलमान खानको फिल्ममा राम चरणको एन्ट्री

सलमान खानको फिल्ममा राम चरणको एन्ट्री

एजेन्सीः बलिउड अभिनेता सलमान खान मुख्य भूमिकामा देखिने फिल्म 'कभी ईद कभी दिवाली' मा दक्षिण भारतीय अभिनेता राम चरण पनि देखिने भएका छन्। यस फिल्ममा राम चरणको केमियो रोल हुने बताइएको छ।

फिल्ममा दक्षिण भारतीय अभिनेत्री पूजा हेगडे पनि देखिनेछिन्। यस्तै शहनाज गिल, वेंकटेश जस्ता कलाकार पनि यस फिल्ममा देखिनेछन्। 

फरहाद सम्जीले यस फिल्मको निर्देशन गरेका हुन्।

हाल फिल्मको शुटिङ हैदरावादमा जारी छ। हैदरावादमा २५ दिनको शुटिङ सेड्युल रहेको छ। यही सेड्युलभित्रै एउटा गीतको छायांकन पनि हुनेछ। सोही गीतमा राम चरणको केमियो एन्ट्री हुनेछ।

राम चरणलाई केमियो रोलको प्रस्ताव भने सलमान खान स्वयम्ले गरेका हुन्। अनि राम चरणले एकै पटकमा 'हुन्छ' भनेका हुन्।

७ असार, २०७९, १३:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।