शनिबारदेखि सोमबारसम्म परेको भीषण वर्षाले चीनमा चार लाख ८५ हजार मानिस प्रभावित

शनिबारदेखि सोमबारसम्म परेको भीषण वर्षाले चीनमा चार लाख ८५ हजार मानिस प्रभावित

एजेन्सीः चीनमा शनिबारदेखि सोमबारसम्म परेको भीषण वर्षाका कारण चार लाख ८५ हजार मानिस प्रभावित भएका छन्। पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ।

जियाङ्सीका ५५ काउन्टीमा ४३ हजार ३०० हेक्टर बाली पनि प्रभावित भएको छ। मुख्यालयका अनुसार बाढीबाट प्रत्यक्ष आर्थिक क्षति ४७० मिलियन युआन (करिब ७०.४ मिलियन अमेरिकी डलर) पुगेको छ।

त्यहाँको मौसम विभागले मङ्गलबार जियाङ्सीमा वर्षा अलिकति कमजोर भए पनि यसको दक्षिणी र पूर्वी भागमा भीषण वर्षा हुने जनाएको छ। वर्षाको प्रभाव बुधबार उत्तर याङ्जी नदीतर्फ सर्नेछ।

७ असार, २०७९, ११:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।