चार उम्मेदवारले बराबर मत ल्याएपछि एन्फाका दुई सदस्यका लागि पुनः निर्वाचन हुने

चार उम्मेदवारले बराबर मत ल्याएपछि एन्फाका दुई सदस्यका लागि पुनः निर्वाचन हुने

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमिति चयन भइसकेको छ। तर, कुल कार्यसमिति २१ जनाको हुने भए पनि हिजो सम्पन्न मतगणनाबाट १९ जना मात्र निर्वाचित भए।

२१औं साधरण सभाबाट १३ सदस्यमध्ये ११ जना मात्र निर्वाचित भएकाले दुई जना निर्वाचित हुन बाँकी नै छ। खुला चार जना उम्मेदवारको समान ३९–३९ मत आएपछि गोलाप्रथा गरेर टुंगो लगाइने भनिए पनि विशेष साधरण सभाबाट चार जनाबीच निर्वाचन गराई दुई सदस्य छानिने एन्फाले जनाएको छ।

दीपक थापा क्षेत्री, दीपेन्द्र धिमाल, रूपेश अधिकारी र लोकेन्द्र गुरुङले समान ३९ मत पाएका हुन्। अब एन्फाको विधान, फिफा र एएफसीको नियम लगायत सबै विचार गरेर फिफा र एएफसीकै प्रतिनिधिको सुझावमा एन्फाले निर्वाचनको मिति तोक्ने भएको हो।

२१ सदस्यीय कमिटीका लागि अध्यक्षमा तीन, वरिष्ठ उपाध्यक्षमा दुई, उपाध्यक्षमा चार, महिला सदस्यमा पाँच र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उम्मेदवारी परेको थियो।

७ असार, २०७९, ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।