काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घका नवनिर्वाचित अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एन्फाको आर्थिक विवादबारे श्वेतपत्र जारी गर्ने बताएका छन्।
उकेरा खेल
सोमबार भएको निर्वाचनमा उनले कर्माछिरिङ शेर्पालाई पराजित गरेका थिए। हालै शेर्पाको कार्यकालमा नेपालमा आयोजना हुने फुटबल प्रतियोगिताको प्रसारणको अधिकारसँगै अनलाइन जुवा खेलाउन सक्नेसम्मको सर्त स्विकार्दै स्विट्जरल्यान्डको कम्पनीसँग गरेको सम्झौता उकेराले सार्वजनिक गरेको थियो।
नेम्वाङ अध्यक्षमा निर्वाचित हुनु अगाडि कार्यसमितिलाई जानकारी नदिई अध्यक्ष र महासचिवले सम्झौता गरेको र यसबारे छानबिन हुनुपर्ने माग राखेका थिए। अब उनी आफै छानबिन गर्ने स्थानमा आइपुगेका छन्।
उनले सञ्चारकर्मीहरूसँग चारवर्षे कार्यकालमा आर्थिक प्रशासनदेखि लिएर के कमी कमजोरी भयो, त्योबारे एउटा समिति बनाएर सार्वजनिक गर्ने बताए।
उनले एन्फा र जिल्ला तथा एन्फा र क्लबहरूको सम्बन्ध बिग्रिरहेको, एन्फा र खेलाडीहरूको सम्बन्ध राम्रो नभएको र फिफा, एएफसी सँगको सम्बन्ध राम्रो गरेर लैजानुपर्ने चुनौती रहेको भन्दै सबै बिग्रिएका सम्बन्धलाई एउटा मालामा उनेर सम्बन्ध सुमधुर बनाउँदै अगाडि बढ्ने बताएका थिए।
२०७९ असार ०७ गते ९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।