'हार्ट अफ स्टोन'बाट हलिउड डेब्यु गर्दै आलिया

'हार्ट अफ स्टोन'बाट हलिउड डेब्यु गर्दै आलिया

एजेन्सीः बलिउड अभिनेत्री आलिया भट्ट अब हलिउड फिल्मकी अभिनेत्री हुने भएकी छिन्। उनी 'हार्ट अफ स्टोन'बाट हलिउड डेब्यु गर्दैछिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार आलिया यतिबेला लण्डनमा छिन् र उनी चलचित्रको शुटिङमा व्यस्त छिन्।

उनी गल ग्याडोट र जेमी डोर्ननसँग स्क्रिन शेयर गर्नेछिन्। यस फिल्ममा आलिया पूरै एक्शन अवतारमा देखिनेछिन्।

तर शुटिङमा जानुअघि भने आलिया निकै नर्भस भएकी थिइन्। उनले इन्स्टाग्राममार्फत् यस खबर सार्वजनिक गर्दै आफूले पटक-पटक नयाँ कलाकारले जस्तो महसुस गरिरहेको बताएकी थिइन्।

६ असार, २०७९, ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।