एन्फाको बैठक साँझ ५ बजे, जुवा खेलाउन सम्झौता गर्ने अध्यक्ष र महासचिवसँग जवाफ मागिने

एन्फाको बैठक साँझ ५ बजे, जुवा खेलाउन सम्झौता गर्ने अध्यक्ष र महासचिवसँग जवाफ मागिने

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)को बैठक आज साँझ ५ बजे बस्ने भएको छ। एन्फा कार्यलय सातदोबाटोमा बस्ने बैठकमा एन्फाका महासचिव इन्द्रमान तुलाधारले दिएको जानकारी अनुसार भोलि हुने साधरण सभाका विषयमा छलफल हुनेछ।

‘भोलि हाम्रो साधरण सभा छ,’ उनले भने, ‘त्यसकारण आज बैठक राखिएको हो।’

यसअघि फुटबल प्रतियोगिताको जुवा खेलाउन एन्फा पदाधिकारी नै संलग्न रहेको र स्विट्जरल्यान्डको कम्पनीसँग गोप्य सम्झौता गरेको बारे उकेराले समाचार प्रकाशन गरेको थियो। यसबारे जिज्ञासा राख्दा उनले बैठकमा कुरा उठे जवाफ दिइने बताए।

‘हामीले हिजो प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै सम्झौता भएको उल्लेख गरेका थियौँ,’ उनले भने, 'यदि कार्यसमितिमा कुरा उठ्यो भने जवाफ त दिन्छौँ नै।’

एन्फा कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य दावा लामा लगायतले आज कार्यसमितिमा यो विषय उठ्ने र अध्यक्ष र महासचिवले जवाफ दिनुपर्ने बताएका छन्।

५ असार, २०७९, १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।