बाबर-विराट एकै टोलीबाट खेल्ने

बाबर-विराट एकै टोलीबाट खेल्ने

एजेन्सीः भारतीय क्रिकेट टोलीका स्टार खेलाडी विराट कोहली र पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले एउटै टोलीबाट खेल्ने भएका छन्। सन् २०२३ को आईपीएलपछि अफ्रिका ११ र एसिया ११ बीच आयोजना हुने श्रृङ्खलामा यी दुई खेलाडी एकै टोलीबाट खेल्ने भएका हुन्।

एसिया ११ मा श्रीलङ्का र बङ्गलादेशका खेलाडी पनि समावेश हुनेछन्।

यसअघि सन् २००७ मा एसिया ११ र अफ्रिका ११ भिडेका थिए। त्यसबेला तीन खेलको श्रृङ्खला एसिया ११ ले ३-० ले जितेको थियो। त्यसबेला महेन्द्रसिंह धोनी, मोहम्मद आसिफ, युवराज सिंह, मोहम्मद युसुफ जस्ता खेलाडीले एकै टोलीबाट खेलेका थिए। त्यसबेला अफ्रिका ११ बाट मोर्ने मोर्कल, एबी डिभिलियर्स जस्ता खेलाडीले खेलेका थिए।

तर, भारत र पाकिस्तानबीचको बढ्दो राजनीतिक तनावका बीच यो श्रृङ्खला त्यसपछि खेलिएन। भारत र पाकिस्तानबीच नै पनि विश्वकप जस्ता बाध्यकारी प्रतियोगिताबाहेक कुनै खेल खेलिँदैन।

पाकिस्तानी खेलाडीलाई आईपीएलमा पनि प्रतिबन्ध लगाइएको छ। भारत र पाकिस्तानबीच अन्तिम श्रृङ्खला सन् २०१२-२०१३ मा खेलिएको थियो।

४ असार, २०७९, ०९:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।