सारा अली खानको 'ट्यूल इन्सर्ट कन्ट्रास्ट गाउन'को मूल्य एक लाख ५६ हजार

सारा अली खानको 'ट्यूल इन्सर्ट कन्ट्रास्ट गाउन'को मूल्य एक लाख ५६ हजार

एजेन्सीः भारतको मुम्बईमा एउटा इभेन्ट भइरहेको थियो। त्यसमा सहभागी थिए- सारा अली खान, कार्तिक आर्यन, कृति सेनन, वरुण धवन लगायत।

तर इभेन्टमा सहभागीहरूको ध्यान सबै सारा अली खानले आकर्षित गरिरहेकी थिइन्। कारण- उनले लगाएको ट्यूल इन्सर्ट कन्ट्रास्ट गाउन।

यो ड्रेसका डिजाइनर डेविड कोमा हुन्। यसको मूल्य १०३९.५० पाउण्ड हो। अर्थात् नेपाली मूल्यमा रूपान्तरण गर्दा एक लाख ५६ हजार ९८३ रुपैयाँ।

यो ड्रेसमा सारा निकै कन्फिडेन्ट देखिएकी थिइन्। तर, जब सारा र कार्तिक आर्यनको भेट भयो, सारा थोरै नर्भस भइन्। साराले करण जोहरको कफी विद करण शोमा कार्तिकमाथि आफ्नो क्रश भएको र उनलाई डेट गर्न चाहेको बताएकी थिइन। पछि 'लब आजकल २'मा उनीहरू नजिक भएको र प्रेम सम्बन्ध अघि बढेको बताइएको थियो।

यद्यपि यो खबरलाई दुवैले स्वीकारेनन्। तर कार्तिकलाई देख्नासाथ साराको अनुहारको हासो नै गायब हुनु र नर्भस देखिनुले उनीहरूको सम्बन्ध अफवाह मात्र होइन भन्ने नै बताउँछ।

३ असार, २०७९, १३:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।