मङ्कीपक्सको आशङ्कामा एक बिरामीलाई टेकु अस्पतालमा भर्ना गरियो

मङ्कीपक्सको आशङ्कामा एक बिरामीलाई टेकु अस्पतालमा भर्ना गरियो

काठमाडौँ : नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ। दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ। अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको  । 

अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मङ्कीपक्सको आशाङ्कामा टेकु अस्पतालमा पठाएको थियो । 

उनका अनुसार ती बिरामीलई  मङ्कीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको बताए। 'हामीले आइसोलेट गरेर ती व्यक्तिलाई उपचार गराइरहेका छौँ', उनले भने,  'रिपोर्ट आएपछि मङ्कीपक्स हो होइन थाहा हुन्छ।'  बिरामी दुबई हुँदै नेपाल आएका हुन्। उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए।
 

२ असार, २०७९, २१:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।