चिकित्सा शिक्षा तयारी कक्षा अब अनलाइनमै, मिदासको नयाँ सुविधा

चिकित्सा शिक्षा तयारी कक्षा अब अनलाइनमै, मिदासको नयाँ सुविधा

काठमाडौँ : मिदासले एमबिबिएसका परिक्षार्थीहरुका लागि अनलाइन तयारी कक्षा सुरु गरेको छ। उसले एमबिबिएसको प्रवेश परीक्षाको तयारीमा रहेका विध्यार्थीहरुको सुविधाका लागि घरमै बसेर तयारी गर्न अनलाइन तयारी कक्षा सुरु गरेको हो।

दुई दशकदेखि डिजिटल शिक्षामा काम गर्दै आएको मिदास एजुकेसन प्रालिले उच्चतम प्रविधि प्रयोग गरेर विद्यार्थीहरूलाई आफ्नै घरमा बसेर न्यून शुल्कमा एमबिबिएसको प्रवेश परीक्षा तयारीको सुविधाका लागि ई क्लास सुरु गरेको हो।

मिदासको अनलाइन कक्षामा एमबिबिएससँगै बिडिएस, बिएससी, नर्सिङ लगायतकाको तयारी कक्षा समेत लिन सकिने कम्पनी जानकारी दिएको छ।

कम्पनीका अनुसार अनलाइन कक्षाका लागि अनुभवी शिक्षकहरू सहभागी छन्। कक्षा आइतबारदेखि शुक्रवारसम्म बिहान २ घण्टा र बेलुका २ घण्टा सञ्चालन हुनेछ। उसले अनलाइन कक्षा लिनेक्रममा भिडियो रेकर्ड गर्ने सुविधा समेत दिएको छ।

अनलाइन कक्षामा सहभागी विध्यार्थीहरुलाई परीक्षामा सहज बनाउन ११ हजार भन्दा बढी नमुना प्रश्नहरू समेत राखेको कम्पनीले जानकारी दिएको छ।

१ असार, २०७९, १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।