काठमाडौंः त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहको परीक्षामा सोधिएको प्रश्नपत्र हुबहु दोहोरिएपछि छानबिनका लागि समिति गठन भएको छ। रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले प्रश्नपत्र हुबहु दोहोरिएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको बताए।
उकेरा शिक्षा
हुबहु प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन गर्न त्रिविले गठन गर्यो समिति

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको सञ्योजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन पनि निर्देशन दिइएको छ।
त्रिविको स्नातकोत्तर तह मानविकी सङ्कायले जेठ १८ गते तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ तथा समाजशास्त्र सङ्कायको जेठ २३ गते लिइएको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएका थिए।
२०७९ जेठ ३० गते १३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।