काठमाडौँका सडकमा तैरिँदै फोहोर, ढल जाम, सडकभरि सवारीको लाम

काठमाडौँका सडकमा तैरिँदै फोहोर, ढल जाम, सडकभरि सवारीको लाम

काठमाडौँ : बर्खा सुरु भएसँगै काठमाडौँका सडक आहाल बन्छन् पानी जमेर। पुराना ढलको संरचनाका कारण परेको पानी थेग्दैन ढल संरचनाले। अनि आहाल बन्छन् सडकहरू। घरभित्रै पानी छिर्नु सामान्य दृश्य हुन् काठमाडौँका।

अहिले सडकमा थुप्रिएका फोहोरको रासले ढल जाम हुने अर्को समस्या थपेको छ। सामान्य पानी पर्दा पनि पानीसँगै बग्ने फोहोरका कारण काठमाडौँका ढल जाम भएर सडक आहाल बन्ने गरेका छन्। सडक आहाल बनेसँगै सवारी साधनको नियमित गति रोकिदा सडकमा सवारी साधनको लाम लाग्ने गरेको छ। बुधवार ह्वारह्वारती पानी पर्दा यस्तै दृश्य देखियो काठमाडौँको मूल सडकमै।

२५ जेठ, २०७९, २२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।