नेपालगन्जको एचसीआरसी अस्पताल इ अपोइन्टमेन्ट प्लेटफर्ममा जोडियो

नेपालगन्जको एचसीआरसी अस्पताल इ अपोइन्टमेन्ट प्लेटफर्ममा जोडियो

काठमाडौँ : नेपालगन्जको  चारबहिनीमा रहेको एचसीआरसी अस्पताल ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएको छ। सो अस्पताल ई सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको अनलाइनबाट अपोइन्टमेन्ट सुविधामा आबद्ध भएको हो।

यो सँगै सो अस्पतालमा उपचार तथा डाक्टरसँगको परामर्शकालागि ई सेवा मोबाइल एप्लिकेशनमार्फत नै अनलाइन अपोइन्टमेन्ट लिन सकिने ई सेवाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

ई सेवा मोबाइल वालेट एप भित्रबाटै डाक्टरको अपोइन्टमेन्ट मिति बुक गर्न र डिजिटल भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

अपोइन्टमेन्ट प्रणालीले कर्मचारी र बिरामीहरूको लागी  समयको राम्रो सङ्गठन, नियमित बिरामीहरूको राम्रो फलोअप , कमलाइन र कम पर्खाइको समय हुने र अस्पतालमा र स्वास्थ्य संस्थाहरूमा हालको कोभिड १९ को महामारीबाट उत्पन्न हुने जोखिम समेत कम हुनेछ।

कोजेन्ट हेल्थ र ई सेवाले अस्पतालहरूमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरु गरेसँगै यस प्लेटफर्ममा आबद्ध हुने अस्पतालको सङ्ख्या बढिरहेको छ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो। कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटलाइज गर्नकालागि प्रविधि निर्माणको काम गर्दै आएको छ।

२४ जेठ, २०७९, २२:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।