समता गुठीलाई हिमालयनको पच्चीस लाख सहयोग

समता गुठीलाई हिमालयनको पच्चीस लाख सहयोग

काठमाडौँ : न्यून आए भएका विद्यार्थीको पठनपाठनमा सघाउन हिमालयन डिस्टिलरी लिमिटेडले समता शैक्षिक गुठीलाई २५ लाख सहयोग गरेको छ। उसले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुठीलाई सघाएको हो।

समता शैक्षिक गुठीद्वारा ८४ वटा विद्यालय सञ्चालन गरिरहेको छ। विद्यालयमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालित रहेको र उनीहरूलाई मासिक एक सयमै शिक्षा दिइरहेकाले अध्ययन कार्यक्रम सहज बनाउन डिस्टिलरीले सहयोग गरेको उल्लेख गरेको छ।

एक कार्यक्रमकाबीच हिमालयन डिस्टिलरी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अखिलेश्वर प्रसाद सिंहले वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई पच्चीस लाखको चेक हस्तान्तरण गरेका थिए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौला समेत उपस्थित थिए।

२४ जेठ, २०७९, १७:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।