प्रिमियर इन्टरनेशनल नेपालको पहिलो आईबी कन्टिन्युम एजुकेसन बन्यो

प्रिमियर इन्टरनेशनल नेपालको पहिलो आईबी कन्टिन्युम एजुकेसन बन्यो

काठमाडौँ : प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो र एक मात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षाको आईबी कन्टिन्युम स्कुल बन्न सफल भएको जानकारी दिएको छ। २०७९ जेठ ९ मा का दिन आइबिडिपी कार्यक्रमको लागि International Baccalaureate (आईबी) बाट मान्यता प्राप्त गरेको र स्कुल अब पूर्ण IB World School स्थापित भएको विज्ञप्तिमा उल्लेख छ।

आईबीले विश्वभरका १ सय ५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम , डिप्लोमा कार्यक्रम र करियर सम्बन्धित कार्यक्रम गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिन्युम प्रदान गर्दै आएको जनाएको छ।

वर्षभर उच्च स्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरू मध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरूलाई कन्टिन्युम विद्यालयका रूपमा चिनिन्छ। केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आइबी पिवाइपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल स्कुल नेपालको पहिलो आइबी वर्ल्ड स्कुल रहेको उसले जनाएको छ।

त्यसै गरी क्रमशः २०१४ र २०१७ मा स्विट्जरल्याण्डमा International Baccalaureate (IB) बाट मान्यता प्राप्त भए पश्चात् कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीहरूका लागि आइबी कार्यक्रमहरू प्रदान गर्ने पनि प्रिमियर नेपालको पहिलो र एक मात्र स्कुल रहेको उसले जानकारी दिएको छ।

स्कुलले आइबिका प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम र डिप्लोमा कार्यक्रम गरी तीन मुख्य कार्यक्रमहरू प्रदान गर्दै पूर्ण आईबी स्कुल वा आईबीकन्टिन्युम स्कुलको रूपमा स्थापित भएको उसले जानकारी दिएको छ।

प्रिमियरले आईबी कन्टिन्युम स्कुलको दर्जा पाएसँगै नेपालमा अन्तर्राष्ट्रिय शिक्षा चाहने अभिभावक तथा विद्यार्थीहरूका लागि एउटै विद्यालयमा आइबीको सम्पूर्ण कार्यक्रमहरू उपलब्ध रहेको उसको दाबी छ।

२२ जेठ, २०७९, २१:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।