जब आर्यघाटमा लान तयार पारिएका वृद्ध बाँचे
केही वर्षअघिको प्रसङ्ग हो। बिरामी करिब ८५ वर्षका थिए। स्वास्थ्य समस्या भएपछि बिरामीलाई परिवारले पाटन अस्पताल पुर्याए। अस्पताल पुर्याउँदा उनी अर्धचेत थिए।
अनि उपचारका लागि अस्पताल भर्ना गरियो। डा. रमेशले ती वृद्ध बिरामीको स्वास्थ्य जाँच गरे। जाँचमा पिसाबको संक्रमण भएको पत्ता लाग्यो। त्यसैले मिर्गौलामा पनि संक्रमण गरेको रहेछ। यो समस्यालाई चिकित्सकीय भाषामा ‘पाइलोनेफ्राइटिस’ भनिन्छ। ती वृद्धको स्वास्थ्य अवस्था जटिल भइसकेको थियो।
‘धेरै वृद्ध बिरामी आस मारेर ल्याइन्छ। तर, निको भएर घर फर्कनुहुन्छ’, उनले भने। रमेशको अनुभवमा वृद्ध बुवाआमाको उपचारमा पुग्नेमध्ये अधिकांश चाहिँ छोरीहरू हुन्छन्।
अस्पताल पुर्याएपछि बिरामीका छोराले डा. रमेशलाई भनेछन्– 'बुवा ८५ वर्ष पुगिसक्नुभयो। खै के होला र?'
ती छोरा करिब ६० वर्षका देखिन्थे। अस्पतालमा छोरीहरू पनि पुगेका थिए। आफ्ना बुवा बाँच्नेमा उनलाई त्यति विश्वास थिएन। आफूहरूले आस मारिसकेको र केही भइ पो हाल्छ कि भनेर अस्पताल ल्याएको भन्दै डा. रमेशलाई सुनाउँथे।
उनी कतिसम्म हतोत्साही थिए भने- बुवाको प्राण जानु एक-दुई घण्टाअगाडि आफूलाई खबर गर्न पनि उनले रमेशलाई भनेका रहेछन्।
एक-दुई घण्टा पाए, बुवालाई अन्तिम श्वास फेराउन पशुपति (आर्यघाट) लाने योजना रहेछ उनको।
रमेशको अनुभवमा अस्पतालमा मृत्यु नहोस् पशुपति वा घरै पुर्याउन पाऊँ भन्ने धेरैको चाहना हुने गरेको छ। रमेशले यस्तो हतोत्साही कुरा पहिल्यै नसुनेका पनि होइनन्। त्यसैले उनले कूटनीतिक भाषामा ती छोरालाई सम्झाए।
‘४८ घण्टासम्म समय दिनुस्। उपचारमा सफलता मिले पनि नमिले पनि हामी भन्छौं’, रमेशले भने।

अनि उनले ती वृद्धको पहिलाको अवस्था सोधे। छोराले बुवा ‘हिँडडुल गर्नुहुन्थ्यो। राम्रै हुनुहुन्थ्यो’ भन्ने जवाफ फर्काए।
त्यसपछि रमेशमा थप आत्मबल आयो। उनलाई बचाउन सकिन्छ भन्ने लाग्यो।
उपचार सुरु भयो। वृद्धमा मिर्गौलामा समस्या थियो। डा. रमेशको टिमले एन्टिबायोटिक औषधि चलायो। रक्तचाप कम थियो। त्यसैले रक्तचाप सन्तुलित बनाउने उपचार गरियो। पिसाब चुहिएको थाहा नपाउने अवस्थामा थिए ती बिरामी। त्यसको पनि उपचार भयो।
आश्चर्य नै भयो। अस्पताल भर्ना भएको भोलिपल्टैबाट उनमा सुधार देखियो। होसमा पनि आए।
पाँच दिन आईसीयूमा राखेपछि उनलाई वार्डमा सारियो। १० औं दिनमा त उनी डिस्चार्ज नै भए।
मरणासन्न भएर बाँचेपछि ती वृद्ध खुशी नहुने कुरै थिएन। त्यसमाथि अस्पतालको बेड वरिपरि छोराछोरी देख्दा उनी दंग थिए। डा. रमेश नजिकैबाट नियालिरहेका थिए।
अनि ती वृद्धले रमेशलाई अन्तिममा ‘ल बाबु तिमिले मलाई बचायौं’ भन्दै खुशी साटे। रमेशको जीवनको अमूल्य खुशीहरूमध्ये यो पनि एउटा हो।
यो एउटा दृष्टान्त मात्र हो। बाँच्ने आस मारेर अस्पताल लगिएका पाका व्यक्ति निको भएर घर फर्कनेको संख्या ठूलै हुने गरेको रमेश बताउँछन्। ‘धेरै वृद्ध बिरामी आस मारेर ल्याइन्छ। तर, निको भएर घर फर्कनुहुन्छ’, उनले भने।
रमेशको अनुभवमा वृद्ध बुवाआमाको उपचारमा पुग्नेमध्ये अधिकांश चाहिँ छोरीहरू हुन्छन्।
८० वर्षे वृद्धले अन्तिम श्वास फेर्दा...
कतिपय पाका उमेरका बिरामीलाई अस्पतालसम्म त लगिन्छ। तर आर्थिक लगायतका कारणले उपचार पूरै नगरी घर पनि फर्काइन्छ।
विशेषतः शल्यक्रिया गर्नुपर्ने अवस्थामा शल्यक्रिया गर्न सुझाव दिँदा ‘अब २/३ वर्ष त बाँच्नुहुन्छ’ भन्दै परिवार तथा आफन्तले पाका उमेरका व्यक्तिको शल्यक्रिया गराउन नमानेको घटना पनि डा. रमेशले सुनाए। यस्तो अवस्थामा उनलाई निकै पीडा हुन्छ रे।
कतिपय आफन्तले चाहिँ आर्थिक अवस्था सबल हुँदाहुँदै पनि परिवारका पाका सदस्यको उपचार गराउन चाहँदैनन् रे।
एउटा यस्तै-यस्तै घटनाको अनुभव छ उनीसँग।

केही वर्षअघि करिब ८० वर्षका वृद्धलाई अस्पताल पुर्याइए पनि परिवारले उपचार नै नगराई घर फर्काए।
ती वृद्धलाई निमोनिया भएको थियो। भेन्टिलेटरमा राखेर उपचार गरे ठीक हुने सम्भावना थियो। रमेशको टिमले बिरामीका छोराछोरीलाई भेन्टिलेटरमा राख्नुपर्छ भनेर परामर्श दिए।
तर, बिरामीका छोराले भेन्टिलेटरमा राख्न मानेनन्। छोराले भनेछन्,‘भेन्टिलेटरमा नराख्ने। बाहिर जे-जे औषधि चलाउनुपर्छ चलाउनुहोस् डाक्टरसाब।’
रमेशले श्रीमानलाई देखाउँदै सोधे- 'आमा उहाँ को हो?' ती वृद्धाले जवाफ दिइन्- ‘यो मेरो जेठो छोरो हो।’
त्यसपछि श्रीमान् रुन थाले। डा. रमेशसँग आँसु झार्दै भने- ‘डाक्टरसाब यसलाई कम्तीमा मलाई चिन्ने चाहिँ बनाइदिनुपर्यो। यसले मलाई जे भनोस्। तर मेरो मान्छे हो भनेर मात्रै चिनिदिए पुग्छ।’
बिरामीका परिवारले सहमति नदिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्न मिलेन। भेन्टिलेटरमा राख्न नसकिएपछि दिनदिनै उनको स्वास्थ्य बिग्रदै गयो।
अन्ततः ती वृद्ध बिते। यो घटनाले रमेशको टिम निकै दुःखी भएको थियो।
कोरोना संक्रमित वृद्धवृद्धाले सोध्थे,–डाक्टरसाब बाँच्छु त?
डाक्टरको जिन्दगी हो- धेरैलाई बचाउँदा पनि कोही-कोहीलाई बचाउन सकिँदैन।
कोरोना महामारीमा रमेशले दुई सयभन्दा बढी वृद्धवृद्धाले अन्तिम श्वास फेरेको नजिकबाट देखेका छन्।
त्यो बेला ओल्लो र पल्लो बेडका बिरामीको मृत्यु हुँदा मेरो मृत्युको पालो कहिले हो? भनेर पाको उमेरका संक्रमित आत्तिएको समेत देखेका छन् उनले।
अस्पताल भर्ना भएका कयौं पाका संक्रमितले डा. रमेशलाई निराश भावमा सोध्थे,‘डाक्टरसाब म बाँच्छु त?’
त्यो बेला उनी ती वृद्धवृद्धालाई बाँच्ने आत्मबल दिन्थे। तर, बिरामीले आफूलाई बचाउन गुहार गर्दागर्दै पनि बचाउन नसक्दा उनलाई निकै पीडा हुन्थ्यो।
चिकित्सक भएर पनि बचाउन सकिनँ भन्ने लाग्थ्यो उनलाई। डा. रमेशले सुनाए,‘आफ्नै ओल्लो पल्लो बेडका बिरामीको फ्याट्ट फ्याट्ट मृत्यु हुँदा उहाँहरूलाई पीडा हुन्थ्यो। हामीलाई त झन् बचाउन नसक्दा पीडा नहुने कुरै भएन।’
श्रीमतीले श्रीमानलाई छोरा भनेपछि...
अल्जाइमर्सले विस्तारै स्मरण शक्ति हराउँदै जान्छ। जसले आफ्नै परिवार पनि चिन्न नसक्ने अवस्थामा पुर्याउँछ।
करिब तीन वर्षअघि एक पुरुषले अल्जाइमर्सको समस्या भएकी श्रीमती लिएर उपचारका लागि डा. रमेशकहाँ पुगे। श्रीमान् करिब ७५ र श्रीमती करिब ७० वर्षका थिए।

उपचारको क्रममा बिरामीको स्मरण शक्ति कत्तिको छ भन्ने जाँच्न रमेशले श्रीमानलाई देखाउँदै सोधे- 'आमा उहाँ को हो?'
ती वृद्धाले जवाफ दिइन्- ‘यो मेरो जेठो छोरो हो।’
त्यसपछि श्रीमान् रुन थाले। डा. रमेशसँग आँसु झार्दै भने- ‘डाक्टरसाब यसलाई कम्तीमा मलाई चिन्ने चाहिँ बनाइदिनुपर्यो। यसले मलाई जे भनोस्। तर मेरो मान्छे हो भनेर मात्रै चिनिदिए पुग्छ।’
रोगका कारण आफ्नै श्रीमतीले नचिनेकोप्रति निकै पीडा भएको रहेछ उनलाई।
अल्जाइमर्स भएका सर्वोच्चका पूर्वन्यायाधीश
सर्वोच्च अदालतका एक ८० वर्षीय पूर्वन्यायाधीश अल्जाइमर्स भएर उपचारका लागि पुगेको प्रसङ्गले पनि उनको मन कताकता भारी हुन्छ। ती पूर्वन्यायाधीश बोल्नै नसक्ने भएका थिए। बोलिको नाममा ‘आँ...आँ... आँ...’ मात्रै गर्थे।
तिनलाई देखेर रमेशले मनमनै सोचे, ‘रोगले व्यक्तिलाई यस्तोसम्म बनाउँछ।’
पाको उमेरका व्यक्तिलाई यस्तो समस्याले गाँजेको देख्दा उनी उपचारका अनेकौं उपाय खोज्छन्। तर, केही समस्याको उनी दीर्घकालीन समाधान भेट्दैनन्। रोकथामका उपाय मात्र भेट्छन्।
बुढो हुनुभयो किन उपचार गर्नु भनेको सुन्दा...
कतिपय वृद्ध बिरामीका आफन्तले ‘लामो समय बाँच्नुहुन्न, किन धेरै खर्च गरेर उपचार गर्ने’ भन्दै कुरा गरेको पनि सुन्छन् रमेश।
यस्तो सुन्दा उनी मनमनै सोच्छन्, ‘जेष्ठ नागरिक यति नै वर्ष बाँच्नुहुन्छ भनेर कसरी निर्धारण गर्न सकिन्छ र? कसैको कलिलै उमेरमा मृत्यु हुन्छ। कोही सय वर्षभन्दा धेरै बाँच्छन्।’
त्यसैले यो उमेरसम्म मात्रै उपचार गर्ने यो उमेरपछि नगर्ने भन्ने सीमा नै नभएको उनी बताउँछन्।
छनोटमा जेष्ठ नागरिक रोग विषय
गुल्मीको श्रीङ्गामा २०४२ मा जन्मिएका रमेशले रुपन्देहीको बुटवलस्थित ‘सिद्धार्थ बोर्डिङ स्कुल’बाट २०५८ मा एसएलसीसम्मको अध्ययन पूरा गरे। उनले काठमाडौंको ‘सेन्ट जेभियर्स कलेज’मा आइएस्सी पढे।
‘पाटनमा पनि जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम सुरु गर्दैछौं। पढेर आउनुभयो भने नेपालकै पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञ हुनुहुन्छ’ भन्दै डा. कार्कींले इमेल रिप्लाई गरेको उनलाई अझै सम्झना छ।
रमेश सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि सन् २००५ मा भर्ना भए। सन् २०११ मा एमबीबीएस सकियो।
त्यसपछि अछामको बयलपाटा अस्पतालमा पुगेर ६ महिना काम गरे। अनि ६ महिना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा।
धरानमा उनले सर्पदंश उपचार सम्बन्धी अनुसन्धानात्मक कार्यक्रममा काम गरे। जागिर प्रतिष्ठानमा भए पनि उनी अधिकांश समय झापामा हुन्थे।
एमडी पढ्न उनी भारत पुगे। सन् २०१२ मा ‘अल इण्डिया इन्टिच्युड अफ मेडिकल साइन्सेस(एम्स)’ मा एमडी अध्ययन थाले। उनले‘जिरियाट्रिक मेडिसिन’ विषय छाने। बुझ्ने भाषामा भन्दा जेष्ठ नागरिक रोग सम्बन्धी अध्ययन।
सन् २०१५ मा ‘जिरियाट्रिक मेडिसिन’ को अध्ययन पूरा भयो।

यो विषय नेपालका लागि नौलो थियो। रमेशका अनुसार उनी नै नेपालको पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञ हुन्।
डा. अर्जुन कार्कीको त्यो प्रेरणादायी इमेल
डा. रमेशले जेष्ठ नागरिक रोग विषय अध्ययन गर्नुका दुई कारण छन्।
एमबीबीएस अध्ययन गर्दै गर्दा बिरामी आमाको उपचारका लागि रमेश भारत पुगेका थिए। भारतको एम्समा आमाको उपचार पनि गरे।
त्यहाँ नै हो उनले जेष्ठ नागरिक रोग विषयको पनि छुट्टै अध्ययन गर्न सकिन्छ भन्ने थाहा पाएको। जुन विषयप्रति उनलाई त्यही बेलादेखि बढी कौतुहल जाग्यो।
अर्कातर्फ त्यो बेला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि जिरियाट्रिक वार्ड सुरु गर्ने विषयमा छलफल चलिरहेको थियो।
रमेश आफूले जेष्ठ नागरिक विषय अध्ययन गर्नुको पछाडि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा. डा. अर्जुन कार्कीलाई आफ्नो प्रेरणाको स्रोत ठान्छन्।
रमेशले कार्कीसँग एमडीमा कुन विषय पढ्ने भन्ने सल्लाह लिएका थिए।
रमेशले डा. कार्कीलाई जेष्ठ नागरिक रोग विषय अध्ययन गर्दा कस्तो हुन्छ? भनेर इमेल गरेका थिए। पत्र पठाएको दुई घण्टामा नै डा. कार्कीले रमेशलाई जेष्ठ नागरिक रोग विषय अध्ययन गर्न सुझाव दिँदै इमेल फर्काए।
‘पाटनमा पनि जेष्ठ नागरिक सम्बन्धी कार्यक्रम सुरु गर्दैछौं। पढेर आउनुभयो भने नेपालकै पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञ हुनुहुन्छ’ भन्दै डा. कार्कींले इमेल रिप्लाई गरेको उनलाई अझै सम्झना छ।
सुरुमा विषयका बारेमा बुझाउनै कठिन
एमडीपछि नेपाल फर्किएर डा. रमेशले ग्राण्डी अस्पतालमा करिब चार महिना काम गरे।
त्यसपछि उनले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जागिर पाए। जहाँ डा. रमेशले सन् २०१५ देखि सन् २०२१ को अन्त्यसम्म करिब सात वर्ष काम गरे।
पाटनमा उनले जिरियाट्रिक वार्ड र जेष्ठ नागरिकको ओपीडीमा काम गरे।
त्यहाँ स्थापना गरिएको जिरियाट्रिक वार्ड र जिरियाट्रिक ओपीडी नेपालकै पहिलो भएको पनि उनले दावी गरे।
डा. रमेशसँग पाको उमेरका व्यक्तिलाई उपचार गरेको अनुभव भएकाले पनि उनी वृद्धवृद्धालाई परिवारको बोझका रूपमा नलिन सुझाव दिन्छन्। एक न एक दिन त सबै वृद्ध हुनु नै छ।
करिब पाँच महिनायता रमेश दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठनमा छन्। सह–प्राध्यापक समेत रहेका उनी प्रतिष्ठानमा मेडिसिन विभागको प्रमुख तथा मेडिकल निर्देशकका भूमिकामा कार्यरत छन्।
राप्तीमा पनि जेष्ठ नागरिक सम्बन्धी वार्ड र ओपीडी लगायत उपचारात्मक कार्यक्रम एक महिनाभित्रै सुरु हुने गरी सञ्चालनको तयारी गरिएको उनले सुनाए।
सुरुमा नेपालको पहिलो जेष्ठ नागरिक रोग विशेषज्ञ भएँ भनेर उनलाई जति गर्व थियो, उनका अगाडि त्यति नै चुनौतीका चाङ समेत थियो।
त्यसैले विशेषज्ञ चिकित्सक भएर बिरामीको औषधि उपचार मात्रै होइन, उनी यो विषयको वकालत समेत गरिरहेका हुन्छन्।
सुरुमा त स्वास्थ्य मन्त्रालय तथा प्रशासनतर्फका कर्मचारीलाई जेष्ठ नागरिक सम्बन्धी नीति नियम बनाउने सवालमा घच्घच्याउन असहज भएको समेत उनको अनुभव छ।
यस विषयमा निकै पहल गरेपछि मात्रै नेपालमा पनि जेष्ठ नागरिक वार्ड, ओपीडी तथा अस्पताल जेष्ठ नागरिकमैत्री हुनुपर्छ भन्ने विषयले प्राथमिकता पाउँदै गएको देखेर भने उनको खुशीको सीमै रहँदैन।
पाको उमेरमा स्वास्थ्य जटिलता
उमेर ढल्किँदै जाँदा शारीरिक तथा मानसिक अवस्थामा आउने परिवर्तनले जेष्ठ नागरिकमा विभिन्न रोगहरू देखापर्छन्।
डा. रमेशकहाँ धेरैजसो कब्जियत, निद्रा नलाग्ने, पिसाब चुहिने, हाडर्जोर्नी दुख्ने, हड्डी मक्किने, क्यान्सर लगायतका समस्या भएका बिरामी उपचारका लागि पुग्छन्।
अल्जाइमर्स, डिमेन्सिया जस्ता बिर्सने रोग, पार्किन्सन्स जस्ता हिँडडुल गर्न असहज हुने समस्या लिएर उनीकहाँ उपचार गराउन पुग्नेहरूको संख्या पनि उत्तिकै हुन्छ।
यस्ता समस्या भएका वृद्धहरूको औषधि उपचार तथा परामर्श दिनु उनको दैनिकी हो।
पाको उमेरका व्यक्तिमा एउटा रोगका कारण विभिन्न स्वास्थ्य समस्या निम्तने गर्छन्। त्यो जटिल पनि हुन्छ।
डा. रमेशसँग पाको उमेरका व्यक्तिलाई उपचार गरेको अनुभव भएकाले पनि उनी वृद्धवृद्धालाई परिवारको बोझका रूपमा नलिन सुझाव दिन्छन्। एक न एक दिन त सबै वृद्ध हुनु नै छ।
नेपालमा चार चिकित्सक
नेपाल मेडिकल काउन्सिलमा आठ जना जेष्ठ नागरिक रोग विशेषज्ञ भए पनि रमेशसहित डा. उमेश बोगटी, डा. अनन्त अर्याल, डा. ऊर्जा भट्टराई गरी चार जनाले मत्रै काम गरिरहेको उनले सुनाए।

आफूले जानेको ज्ञानले भ्याएसम्म पाका व्यक्तिको औषधि उपचार तथा परामर्श गर्नु नै आफ्नो जिम्मेवारी भएको उनी बताउँछन्।
साथै आवश्यक विशेषज्ञसँग परामर्श लिएर उपचारको प्रकृतिको निर्णयमा पुग्नु पनि उनको कर्तव्य हो।