प्रश्नपत्र दोहोरिएपछि गल्ती स्वीकार्यो त्रिविले, छानबिन गरिने

प्रश्नपत्र दोहोरिएपछि गल्ती स्वीकार्यो त्रिविले, छानबिन गरिने

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र दोहोरिएको सन्दर्भमा गल्ती स्वीकार्दै त्यसबारे छानबिन गर्ने भएको छ। गत बुधबार लिइएको स्नातकोत्तर तहको अर्थशास्त्रअन्तर्गतको पब्लिक इकोनोमिक्स विषयको प्रश्नपत्र गत वर्षको सोही तहको सोही विषयको प्रश्नपत्रसँग हुबहु मिलेपछि त्रिविले छानबिन गर्ने भएको हो।

त्रिवि मानविकी तथा समाजशास्त्र संकायकी डीन प्रा.डा. कुसुम शाक्यले प्रश्नपत्र दोहोरिनुको कारणबारे छानबिन गर्ने बताइन्। ‘के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानबिन गर्दछौं, भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौं,’ शाक्यले राष्ट्रिय समाचार समिति (रासस)लाई भनिन्।

यता प्रश्नपत्र दोहोरिएपछि यसको विरोधमा अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले डिनको कार्यालयमा तालाबन्दी गरेको छ भने पदाधिकारिहरूको राजीनामा पनि माग गरिएको छ।

२० जेठ, २०७९, ०९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।