काठमाडौँका ९० प्रतिशत विद्यालयले बुझाउँदैनन् छात्रवृत्तिको विवरण

काठमाडौँका ९० प्रतिशत विद्यालयले बुझाउँदैनन् छात्रवृत्तिको विवरण

काठमाडौँ : काठमाडौं महानगरपालिका भित्र सञ्चालित ९० प्रतिशत विद्यालयले छात्रवृत्तिको विवरण महानगरको शिक्षा विभागमा पठाउने गरेका छैनन्। महानगरपालिकाले छात्रवृत्ति प्रदान गर्नका लागि स्थानीय कार्यविधि तथा अन्य कानुनी प्रक्रिया पुरा गरेको भएपनि महानगरमा उक्त विवरण नआएको महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए।

 ‘केही संस्थागत विद्यालयमा शिक्षक कर्मचारीका छोराछोरीलाई र केहीमा पहुँचका आधारमा छात्रवृत्ति प्रदान गर्ने गरिएको छ।’ उनले भने, महानगरमा छात्रवृत्ति पारदर्शी छैन। 

इडियु सञ्जालले आयोजना गरेको एफ्टर एसईई पोर्टल सार्वजनिक र इडियुसञ्जाल ं२ स्कलरसिप २०२२ एनाउनसमेन्ट र इडियुपत्र राण्ड टेवल डिस्कस कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले सामुदायिक तथा संस्थागत विद्यालयमा प्रदान गर्दै आएको छात्तवृति कार्यक्रमको अनुगमन गर्नु पर्ने धारणा राखेकी थिइन्। 

सो कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्र समावेशी शिक्षा शाखाकी निर्देशक दिव्या दवाडीले छात्रवृत्ति सामुदायिक विद्यालयमा वार्षिक २ अर्ब ३१ करोड रुपियाँ सरकारले छात्रवृत्तिका लागि खर्च गर्ने गरेको जानकारी दिँदै विपन्न लक्षित छात्रवृत्तिमा समस्या भएको बताइन्। 

शिक्षाविद् विद्यानाथ कोइरालाले जसका निम्ति छात्रवृत्ति प्रदान गर्नुपर्ने हो उसैलाई प्रदान गर्दा समस्या नहुने बताए। नौटंकी नगरी कन नियम अनुसार जसलाई दिने हो उसैलाई पालिका जिम्मेवार भएर प्रदान गरे समस्या आउँदैनन्। उनले भने, कोष बनाएर इमान्दारिता पूर्वक काम गर्यो भने समस्या हुँदैन, शर्माले भने 

विपन्न लक्षित छात्रवृत्तिमा अपेक्षा गरिएअनुसारका विपन्न अझै पर्न सकेका छैनन्।’
 

१८ जेठ, २०७९, २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।