शपथ ग्रहणमा मञ्चमै मेयर बालेनको श्रीमती, उपमेयरसँग सामान्य कुराकानी

शपथ ग्रहणमा मञ्चमै मेयर बालेनको श्रीमती, उपमेयरसँग सामान्य कुराकानी

काठमाडौंः नवनिर्वाचित काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले आज पदबहाली गरे। मुख्य निर्वाचन अधिकृतसामु पद तथा गोपनीयताको शपथ ग्रहण गरे।

शपथ ग्रहण समारोहमा बालेनसँगै उनकी श्रीमती सबिना काफ्ले पनि पुगिन्। श्रीमानको शपथमा श्रीमती पुग्नु नौलो त होइन। तर सबिना मञ्चमै बसिन्। फूल-माला पहिरिइन्। अबीरको टीका पनि लगाइन्।

सारीमा सजिएर आएकी सबिना मञ्चमा बालेनसँगै बसिन्। बीचमा बालेन थिए। अर्को छेउमा उपमेयर सुनिता डङ्गोल बसेकी थिइन्।

बालेन व्यस्त थिए। पहिले शपथ त्यसपछि उपमेयर सुनितालाई शपथ अनि फोटो खिचाउन आउनेहरूसँग पोज दिँदै उनी व्यस्त भए। व्यस्तताको बावजुद उपमेयरसँग सामान्य कुराकानी गरे।

यता बालेनले काठमाडौं महानगरपालिकाको बागडोर सम्हालिसके। सभा गृहबाट महानगरपालिकाको कार्यालय पुगेर उनले आफ्नो पहिलो निर्णय पनि गरिसके।

अब काठमाडौं महानगरपालिकाको हरेक कार्यपालिका बैठक फेसबुकबाट लाइभ हुनेछ।

१६ जेठ, २०७९, १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।