उकेरा एंकर

तारा एयर विमान दुर्घटना : अधिका‌ंश शव सग्लै र चिन्न सकिने


घटनास्थलमा सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी। तस्बिर : सशस्त्र प्रहरी

पोखराः तारा एयरको विमान दुर्घटना हुँदा मृत्यु भएकाहरुको शव निकाल्ने प्रयास जारी छ। सुरक्षाकर्मीको टोली र स्थानीयको सहयोगमा मृतकको शव संकलन गर्ने प्रयास भइरहेको छ। 

भीरबाट सबै शव निकालिसकेपछि काठमाडौं पठाउने तयारी भइरहेको छ। दुर्घटनमा मृत्यु भएका यात्रुका आफन्तलाई काठमाडौं बोलाइएको प्रहरीले जनाएको छ।

केही शव भीरमा अड्केकाले डोरीले तानेर निकालिँदै छ। तारा एयरको ९एन- एईटी विमानले हिजो पोखराबाट जोमसोमको उडान लिएको थियो।

निकालिएका अधिकां‌श शव सग्लै र चिन्न सकिने अवस्थामा रहेका छन्।

बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको विमान १८ मिनेपछि सम्पर्कविहिन भएको थियो। सम्पर्कविहीन विमान आज बिहान मात्र मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। विमानमा चालक दलका तीन र १९ यात्रुसहित २२ जना सवार थिए।

तारा एयरको विमान दुर्घटना भएको स्थानमा अझै पनि मौसम धुम्म छ। पहाडको चुचुरोमा दुर्घटनास्थल छ भने वरपर हुस्सुले ढाकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

सुप्रिम सहकारीले बचतकर्ताको रकम फिर्ता दिन सकेन, सहकारी दर्ता अधिकारीको कार्यालय भन्छ- लिखित उजुरी आएको छैन

‘पहिले ब्याज बढी दिने भनेर रकम जम्मा गरियो। १८ लाखसम्मको कारोबार समेत सहकारीमा भयो। तर सहकारी सङ्कटमा पुगेपछि रकम पाउन अप्ठयारो भएको छ। पटक पटक....

रुपन्देहीका उद्योगमा नौ घण्टा ‘अघोषित लोडसेडिङ’, प्राधिकरण भन्छ- ‘विद्युत् भार व्यवस्थापन’

प्राधिकरणले एक हजार केभीएभन्दा धेरै विद्युत् खपत गर्ने उद्योगलाई बिहान ७ देखि ११ बजेसम्म र साँझ ५ देखि १० बजेसम्म बत्तीबाहेक उद्योगका प्लान्ट नचलाउन मौखिक....

गृहमन्त्री रविलाई बारीमा शव फेला परेकी निरुको बाबुको प्रश्न' मेरो छोरीको हत्यारालाई पक्राउ गर्न चैँ निर्देशन दिन मिल्दैन?'

भोलिपल्ट पनि उनी घर नआएपछि कतै भागेर गइन् भन्ने सोचे। परिवारले यताउता सोध्न थाले। जजसलाई सोधे कसैले पनि निरुबारे केही बताउन सकेनन्। तीन दिनदेखि हराइरहेकी....

हक्की स्वभावकी रश्मि जसलाई लाग्छ नसक्ने काम केही छैन, भिड्ने आँट चैँ हुनुपर्छ

उनले ढाँटिनन्। 'मलाई बैकिंग क्षेत्रमा त्यति रुचि छैन' केही समय अन्तर्वार्ताकारहरू अलि चकित भए। 'मन नपर्ने पेसामा किन अन्तर्वार्ता दिन आएको त?' भन्ने पूरक प्रश्नमा....

बुटवलका मेयरले दिने भनेको बसोबास प्रमाणपत्रलाई लिएर भूमि आयोग र उपमहानगरबीच विवाद, अध्यक्ष भन्छन्, 'प्रधानमन्त्रीको पनि होइन, मेरो हस्ताक्षर चल्छ'

कानूनमा कहीँ कतै व्यवस्था नभएको बसोबासको प्रमाणपत्र वितरण गर्न लागेपछि भूमि आयोग रुपन्देहीले त्यसको कुनै वैधानिकता नभएको बताएको छ। यता अव्यवस्थित बसोबासका जानाकारहरू पनि यसरी....