तारा एयरबारे गण्डकीका डिआइजीले भने' म पोखरा विमानस्थलमै छु, अहिलेसम्म प्लेनको अवस्थाबारे केही जानकारी आएको छैन'

तारा एयरबारे गण्डकीका डिआइजीले भने' म पोखरा विमानस्थलमै छु, अहिलेसम्म प्लेनको अवस्थाबारे केही जानकारी आएको छैन'

काठमाडौँ :  पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको अवस्था अझै पत्ता लागेको छैन। मुस्ताङको घाँसामा दुर्घटना भएको आशङ्का गरिएको विमान खोज्न निजी हेलिकप्टर परिचालन गरे पनि मौसम बिग्रिएकाले घटनास्थलमा पुग्न सकेको छैन।

'म पोखरा विमानस्थलमै छु। अहिलेसम्म प्लेनको अवस्थाबारे केही जानकारी आएको छैन,' गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दिवेश लोहनीले भने' मौसम खराब भएकाले खोजीमा खटिएको हेलिकप्टर पनि फर्किएको छ। अहिले सेनाको एम १७ हेलिकप्टर गएको छ।'

आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट १६ जना नेपाली र ६ विदेशी पर्यटकसहित तारा एयर (यति)को जहाज जोमसोमका लागि उडेको थियो।  स्थानीयले घाँसाको पहाडमा ठूलो आवाज आएको सुनिएको भन्दै खबर गरेको प्रहरीले जनाएको छ। तर घटना भएको स्थानमा अहिलेसम्म प्रहरी पुगेको छैन।

जहाजमा इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मिक ग्र्याट, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेको तारा एयरलाइन्सको पोखरा कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार विमानमा क्याप्टेन प्रभाकर घिमिरे, सह पाइलट उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेका छन्।

१५ जेठ, २०७९, १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।