आईपीएलको फाइनलमा राजस्थान र गुजरात भिड्ने

आईपीएलको फाइनलमा राजस्थान र गुजरात भिड्ने

काठमाडौंः इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा राजस्थान रोयल्स र गुजरात टाइटन्स भिड्ने भएका छन्। हिजो राति सम्पन्न दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ७ विकेटले हराउँदै राजस्थान फाइनलमा पुगेको हो।

यता पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई नै हराउँदै फाइनल यात्रा तय गरेको थियो।

हिजोको खेलमा निर्धारित २० ओभरमा बेंग्लोरले ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले १८ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो।

फाइनल खेल भोलि हुनेछ। सञ्जु स्यामसनको नेतृत्त्वको टोलीले हार्दिक पाण्ड्या नेतृत्त्वको टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

१४ जेठ, २०७९, ०७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।