पत्रकार, विज्ञापन एजेन्सी अनी नेता मिलेर सात करोड असुल्न हिँडेको आरोपी यी नै हुन्

पत्रकार, विज्ञापन एजेन्सी अनी नेता मिलेर सात करोड असुल्न हिँडेको आरोपी यी नै हुन्

काठमाडौँ :  पत्रकार, विज्ञापन एजेन्सीका कामदार, दलको नेता अनि सर्वसाधारण गरी सात जना मिलेर भिडियो खिचेर ब्ल्याकमेल गर्दै सात करोड मागेको आरोपमा समातिएका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

उपत्यका प्रहरी अपराध महाशाखाका अनुसार सुजन आचार्य, टेक विक, धर्मराज थापा , उमेश भण्डारी, बसन्ता खनाल, सुरज शर्मा र श्रवण कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो।

उनीमाथि महाशाखाले योजनाबद्ध तरिकाले पीडितलाई पटक-पटक फोन गरी, प्रत्यक्ष भेटेर डर, धम्की र त्रास देखाएर  ७ करोड मागेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने म्याद लिएको छ। महाशाखा स्रोतका अनुसार सुजन यस अगाडि प्रहरीसँग मिलेर हिरा लुटेको अभियोगमा २१ महिना जेल परेर छुटेका थिए। उनी पहिला एबिसी टेलिभिजनमा काम गर्थे।

धर्मराज थापा नेपालताराडटकममा काम गर्ने बताएका छन्। सुरज कार्की र बशन्ता पनि एबिसी टेलिभिजनमा काम गर्ने र हालै सो टेलिभिजन छाडेको खुलेको छ। पक्राउ परेका उमेश कारोबार नामक विज्ञापन एजेन्सीसँग सम्बद्ध देखिएको महाशाखाका एक अधिकारीले जानकारी दिए। टेक विक नेत्रविक्रम चन्दको पार्टीका विद्यार्थी नेता हुन् भने सुरज शर्मा र श्रवण कार्की सर्वसाधारण रहेको स्रोतले बतायो। उनीहरुले कसलाई कसरी धम्क्याए भन्ने प्रहरीले खुलाएको छैन।

१३ जेठ, २०७९, १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।