धन्यवाद र्‍यालीमा देखिएको साह-सायमीको जोडी

धन्यवाद र्‍यालीमा देखिएको साह-सायमीको जोडी

काठमाडौंः काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन)ले आफ्नो धन्यवाद र्यालीमा आफ्ना प्रतिस्पर्धी सुमन सायमीलाई समेत लिएर हिँडे। र्यालीमा साह-सायमीको जोडी एकअर्कासँग भलाकुसारी गर्दै सहभागी भएका थिए।

पराजित भए पनि सायमीलाई सयपत्रीको माला पहिराइएको थियो। १३ हजार ७७० मतसहित चौथो भएका सायमीले बालेन र विजयी बालेनले सायमीप्रति देखाएको सद्भावले राजनीतिक संस्कार परिवर्तनको सङ्केत पनि गरिरहेको थियो।

सायमी धन्यवाद र्यालीमा सहभागी मात्र भएनन्। बालेनको पक्षमा भाषण नै पनि गरे।

बालेनको धन्र्यवाद याली आज बिहान राष्ट्रिय सभा गृहबाट सुरु भएर भद्रकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुलीबजार-युएनपार्क कोरिडोर- शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सीकोला क्षेत्र हुँदै सिनामंगल-एयरपोर्ट-तिलगंगा-गौशाला-चाबहिल-महाराजगञ्ज-सामाखुसी-नयाँ बसपार्क-बालाजु-स्वयम्भू-सीतापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-सुन्धारा पुगेको थियो।

अन्त्यमा खुलामञ्चमा पुगेर र्याली सकिएको थियो।

६१ हजार ७६७ मतसहित काठमाडौं महानगरको मेयरमा निर्वाचित बालेनले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

तस्बिरहरू: कृष्पा श्रेष्ठ र दिपेन्द्र अधिकारी

१३ जेठ, २०७९, १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।