विजय र्‍यालीमा देखिएको सुनिताको खुशी

विजय र्‍यालीमा देखिएको सुनिताको खुशी
तस्बिर: कृष्पा श्रेष्ठ

काठमाडौंः काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डङ्गोलको विजय र्याली निकालिएको छ। राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रमपछि निकालिएको र्यालीमा उनको खुशी प्रष्ट देख्न सकिन्छ।

६८ हजार ६१२ मत प्राप्त गर्दै एमालेबाट काठमाडौंको उपमेयरमा निर्वाचित डङ्गोल पूर्व मिस नेवाः पनि हुन्।

डङ्गोलको विजय र्याली सभा गृह हुँदै काठमाडौं महानगरको कार्यालयसम्म पुगेको थियो।

डङ्गोलले गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन्।

निर्वाचन कार्यालयमा बधाई थापेर सम्बोधन गर्दै उनले काठमाडौंलाई अरू कुनै शहर जस्तो बनाउनु नपर्ने र देशकै अरू शहरसँग पनि तुलना गर्नुनपर्ने बताएकी थिइन्। काठमाडौंको मर्म अरूभन्दा विशिष्ट रहेकाले यसलाई सांस्कृतिक नगरी बनाउने अभियानमा हातेमाले गर्नुपर्ने उनको भनाइ थियो।

राजधानी शहर र सांस्कृतिक नगर भएको कुरालाई आत्मसात गर्दै विकास निर्माणका कामहरू अघि बढाउनुपर्ने उनले बताइन्।

१३ जेठ, २०७९, १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।