विद्यार्थी बलात्कार आरोपमा फरार प्रिन्सिपल पक्राउ परे

विद्यार्थी बलात्कार आरोपमा फरार प्रिन्सिपल पक्राउ परे

काठमाडौँ : विद्यार्थीलाई  अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेको अभियोगमा सुनसरी जिल्लाको इटहरीस्थित ब्लूमिङ लोटस इङ्लिस स्कुलको तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३६ वर्षीय राजकुमार खड्कालाई पक्राउ गरेको हो ।

सीआईबीका अनुसार काठमाडौँको टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा बस्दै आएका खड्कालाई पक्राउ गरिएको हो। उनलाई इटहरी पठाउँदैछ प्रहरीले।

खड्कामाथि धरान उपमहानगरपालिका–५ स्थित ब्लूमिङ लोटस इङ्लिस स्कुलमा प्रिन्सिपल रहेका खड्कामाथि २०७४ साउन २६ गते सोही उपमहानगरपालिका( १३ स्थित एक गेस्ट हाउसमा लगेर आफ्नै विद्यार्थीलाई बलात्कार गरेको आरोप  छ ।

उनले उपचारका लागि अस्पताल लैजाने भन्दै गेस्ट हाउसमा लगेर उक्त विद्यार्थीलाई बलात्कार गरेका थिए। पछि स्कुलबाट रेस्टिकेट गरिदिने भन्दै धम्क्याएर उनले दुई वर्षसम्म बलात्कार गरेको खड्कामाथि आरोप छ। तत्काल उजुरी परे पनि उनी फरार थिए।

१२ जेठ, २०७९, १६:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।