पाठेघरको मुखको क्यान्सरबाट किशोरी जोगाउन खोप दिइने

पाठेघरको मुखको क्यान्सरबाट किशोरी जोगाउन खोप दिइने

काठमाडौँ : सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन खोप दिइने कार्यक्रम ल्याउने घोषणा गरेको छ। मङ्गलवार राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्तन क्यान्सर निदान तथा उपचार सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने उल्लेख छ।

यसै गरी स्वास्थ्य सम्बन्धी कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० वर्ष माथिका नागरिकको वर्षको एक पटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गरिने उल्लेख छ।

पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने पनि कार्यक्रममा उल्लेख छ।

ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने र जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने लगायतका योजना प्रस्तुत गरिएको छ।

१० जेठ, २०७९, २०:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।