काठमाडौँको ५३ हजार मत गन्न बाँकी हुँदा बालेनको १८ हजारको अग्रता

काठमाडौँको ५३ हजार मत गन्न बाँकी हुँदा बालेनको १८ हजारको अग्रता

काठमाडौँ : काठमाडौँ महानगरपालिकामा स्थानीय तहमा खसेको मतमध्ये अब ५३ हजार ७ सय ३४ मत मात्र गन्न बाँकी छ। लगभग २८ प्रतिशत मत गन्न बाँकी हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह दोस्रो भइरहेकी सिर्जना सिंहभन्दा १८ हजार ८ सय २५ मतले अगाडि छन्। तेस्रोमा रहेका केशव स्थापितभन्दा उनी १९ हजार ६ सय ८० मतले अगाडि छन्।

अब वडा नम्बर १० को थोरै मत मात्र गन्न बाँकी छ। वडा नम्बर १४, देखि २० सम्मका वडाहरूको मतगणना भइरहेको छ। वडा नम्बर १७ को बक्सा नै खोलिएको छैन। एक लाख ३७ हजार ४ सय ५२ मत गनिसक्दा बालेनको पक्षमा ४६ हजार ९ सय ६६ मत आएको छ। सिंहले २८ हजार १ सय ४१ मत ल्याएर दोस्रो स्थानमा छिन् भने स्थापित २७ हजार  २ सय ८६ मतका साथ तेस्रो स्थानमा छन्।

मतको प्रतिशत हेर्दा बालेनले ३४ प्रतिशत मत पाइरहेका छन्। सिंहले २० प्रतिशत र स्थापितले १९ प्रतिशत मत पाइरहेका छन्। बालेनलाई पराजित गर्न सिंहले ३५ प्रतिशत मत निरन्तर पाउनुपर्ने देखिन्छ भने स्थापितले ३६ देखि ३७ प्रतिशतसम्म मत पाउनुपर्ने देखिन्छ।

मतको ट्रेन्ड हेर्दा यो सम्भव देखिन्न।

९ जेठ, २०७९, १७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।