लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना

लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना

सर्लाहीः लालबन्दी नगरपालिका- ९ को प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना भएको छ। अस्ट्रेलियाली सरकारको आर्थिक, आड्रा नेपालको प्राविधिक सहयोग र बागमती सेवा समाज नेपाल हरिवनको साझेदारीमा सञ्चालन भइरहेको कोभिड- १९ आपत्कालीन उद्धार एवम् पुनर्स्थापना परियोजना अन्तर्गत अक्सिजन प्लान्टको स्थापना भएको हो।

प्लान्टबाट ४८ किलोको दैनिक २४ वटा अक्सिजन सिलिण्डर उत्पादन गर्न सकिने सामाजिक विकास मन्त्रालय मधेश प्रदेशका स्वास्थ्य शाखा प्रमुख डा.मुक्तिनारायण साहले बताए।

९ जेठ, २०७९, १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।