प्रश्न: हदम्याद के हो ? उत्तर: बलात्कारी रक्षाकवच !

प्रश्न: हदम्याद के हो ? उत्तर: बलात्कारी रक्षाकवच !

काठमाडौंः आठ वर्षअघि बलात्कारमा परेको भन्दै सामाजिक सञ्जालमार्फत् एक युवतीले भिडियोहरू सार्वजनिक गरेसँगै यतिबेला उनको पक्षमा न्याय माग्नेहरूले सडकदेखि सञ्जालसम्म तताइरहेका छन्। हिजो बालुवाटारमा प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेका युवाहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

न्याय माग्दै प्रदर्शनमा उत्रिएकाहरूले विभिन्न प्ले कार्ड बोकेका थिए। उनीहरूले कालो कपडा, कालै मास्क पहिरिएर साङ्केतिक रूपमा पनि विरोध जनाएका थिए। यस्तै उनीहरूले सरकारलाई खबरदारी पनि गरेका थिए।

अधिकांशले बलात्कार जस्तो जघन्य अपराधमा भएको हदम्याद हटाउनुपर्ने माग गरेका थिए। यस्तै दोषीलाई तत्काल कारबाही गर्न पनि माग गरेका थिए।

बलात्कृतहरूलाई न्याय र साथ दिन, बलात्कार र यौनजन्य हिंसाका घटनाको सुनुवाइ गर्न फास्ट ट्र्याक अदालतको गठन गर्न उनीहरूले माग गरेका थिए।

यस्तै एउटा प्ले कार्डमार्फत प्रश्न गरिएको थियो- 'हदम्याद के हो?' र उत्तर दिइएको थियो- 'बलात्कारी रक्षाकवच!'

७ जेठ, २०७९, १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।