बलात्कृत युवतीको पक्षमा न्याय माग्दै युवाहरूले सोधे- 'घरको इज्जत लुटियो आमा, अब के?'

बलात्कृत युवतीको पक्षमा न्याय माग्दै युवाहरूले सोधे- 'घरको इज्जत लुटियो आमा, अब के?'

काठमाडौंः १६ वर्षको उमेरमा आफू बलात्कारमा परेको भन्दै एक युवतीले सामाजिक सञ्जालमार्फत भिडियोहरू पोस्ट गरेपछि यतिबेला उनको पक्षमा थुप्रैले न्याय मागिरहेका छन्। ती युवतीले मोडलिङ एजेन्सी चलाइरहेका मनोज पाण्डेले आफूलाई होटल एभरेष्टमा बलात्कार गरेको दावीसहित भिडियोहरू पोस्ट गरेकी थिइन्।

आज प्रधानमन्त्री निवास बालुवाटारअगाडि केही युवाहरूको समूहले पीडित युवतीको पक्षमा न्याय माग्दै प्रदर्शन गरेका थिए। उनीहरू हात-हातमा प्ले-कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए।

उनीहरूले बलातकारका दोषीलाई सजाय दिन र यौन हिंसा सम्बन्धी मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न पनि माग गरेका थिए।

प्रदर्शनमा उत्रिएकाहरूले 'Control your d*ck, not my body', 'My body is my body, none of your body', 'Do not normalize rape', 'Provide support to survivors', 'Chop off the raping tool' जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए।

युवा युवतीहरूले मास्कमा '#MeToo' लेखेर पनि विरोध गरेका थिए। यस्तै उनीहरूमध्ये एक युवतीले आफ्नो पाखुरामा रगत जस्तो देखिने गरी रातो रङ्गको हत्केलाको छाप लगाएर साङ्केतिक विरोध जनाएकी थिइन।

एउटा प्ले कार्डमा त 'घरको इज्जत लुटियो आमा, अब के?' भनेर प्रश्न समेत गरिएको थियो। अर्कोमा 'हाम्रो सरकार के हेर्दै? बलात्कारी देश घेर्दै' भनेर लेखिएको थियो।

६ जेठ, २०७९, ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।