काठमाडौँ : ४३ हजार ८ सय ४७ मत गन्दा एमालेकी उपमेयर उम्मेदवार सुनिता डङ्गोलले १६ हजार २ सय ७६ मत ल्याएकी छिन्। उनको निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका उम्मेदवारले बल्ल पाँच हजार २ सय ३३ मत ल्याएका छन्।
उकेरा न्युज
अहिले काठमाडौँ महानगरको १, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत गणना सकिएको छ। उपमेयरकी उम्मेदवारले निकटतम प्रतिस्पर्धीलाई ११ हजारले जितिरहेकी छिन्।
मेयरका उम्मेदवार बालेन साहले ४३ हजार ८ सय ४७ मत गन्दा १६ हजार ७ सय ७४ मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी केशव स्थापितले ८ हजार ८ सय ४५ मत पाएका छन्। उनले करिब ८ हजार मतले स्थापितलाई पछाडि पारिरहेका छन्।
२०७९ जेठ ०४ गते २०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।