बालेनको मत पुग्यो १६ हजार ७ सय ७४, स्थापितको ८८४५

बालेनको मत पुग्यो १६ हजार ७ सय ७४, स्थापितको ८८४५

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाका मेयरका एमाले उम्मेदवार केशव स्थापितको क्षेत्रको मतगणना शुरुहुँदा पनि उनले स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता भेट्न सकेका छैनन्। अहिले पनि साहले स्थापितलाई झन्डै दोब्बर मतले उछिनेका छन्।

१, २, ३, ४, ५, ६ र सातसँगै २८ देखि ३२ वडाको मत गणना भइरहेको छ। यसमा १,२ र ५ को मत गणना सकिएको छ। हालसम्म ४३ हजार ८ सय ४७ मत गन्दा बालेनले १६ हजार ७ सय ७४ मत ल्याएका छन्।

निकटतम प्रतिद्वन्द्वी देखिएका स्थापितले ८ हजार ८ सय ४५ मत पाएका छन् भने तेस्रो स्थानमा रहेकी कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंह आठ हजारको अङ्कमा उक्लिँदै  ८ हजार ६१ मत ल्याएकी छिन्।

विवेकशील साझाकी उम्मेदवारले १ सय ५३ मत पाउँदा राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १ हजार ४ सय ४७ मत पाएका छन्।

४ जेठ, २०७९, २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।