नेपाल टी-ट्वान्टीको घोषणा कार्यक्रममा मन्त्री बोलिरहे, सन्दीप र चतुरको  खासखुस चलिरह्यो

नेपाल टी-ट्वान्टीको घोषणा कार्यक्रममा मन्त्री बोलिरहे, सन्दीप र चतुरको  खासखुस चलिरह्यो
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको घोषणा कार्यक्रममा अतिथिको रूपमा निम्त्याइएका थिए नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने।

मञ्चमा उनी सङ्घको अध्यक्ष चतुर बहादुर चन्दसँगै बस्न पुगे। कार्यक्रमका प्रमुख अतिथि थिए युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज। गहतराजसँगै कार्यक्रम आयोजकले उनका स्वकिय सचिवलाई पनि आसन ग्रहण गराएका थिए।

टी-ट्वान्टी लिग प्रतियोगिता असोज ८ गतेबाट सुरु हुने कार्यक्रममा जानकारी दिइयो। अनि टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुने बताइयो।

कार्यक्रमलाई स्वीकृति दिने प्रक्रियामा बाधा र अवरोधहरू आएको भन्दै चन्दले होम एन्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने जानकारी गराए। नेपालले आफ्नै टी-ट्वान्टी प्रतियोगिता आयोजना गर्दा नेपाली खेलाडीहरूको अनुभव बढ्ने र नेपालको पर्यटन क्षेत्रमा टेवा पनि पुग्ने दाबी गरेका थिए।

आफ्नै ठाउँमा गएर बसे। लामिछानेले भारतको आइपिएलमा खेल्दाको अनुभव साट्दै नेपालमा यस्ता कार्यक्रम हुनु खुसीको कुरा भएको बताए।

अनि पालो आयो मन्त्रीको। मन्त्री गहतराज पोडियम अगाडि उभिएर अब नेपालको खेलकुदको विकास क्रिकेटविना असम्भव रहेको दाबी गरिरहँदा मञ्चमा भने लामिछाने र चन्दविचै लामै कानेखुसी चलिरहेको थियो।

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस प्रतियोगिताको कमर्सियल र रणनीतिक साझेदार रहेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ। 

४ जेठ, २०७९, २०:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।