उकेरा न्युज

खगराज अधिकारीको अर्थमन्त्रीलाई प्रश्नः राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको ?


काठमाडौँ : प्रमुख प्रतिपक्षी दल एमालेका सांसद खगराज अधिकारीले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएर कस्तो सुशासन कायम गर्न खोजेको भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९-८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सहभागी हुँदै उनले आफूले बर्खास्त गरेका गभर्नर पुनर्बहाली भएर आउँदा राजीनामा नदिई बसेका अर्थमन्त्रीबाट सुशासन कायम हुन नसक्ने बताए। 

‘आफूले कारबाही गरेका गभर्नर पुनर्बहाली भएर आउँदा अर्थमन्त्रीले राजीनामा दिनुपर्दैन? उहाँबाट कसरी सुशासन कायम हुन्छ?,’ प्रश्न गर्दै पूर्वमन्त्री अधिकारीले भने, ‘उहाँ ण्अर्थमन्त्री)ले अर्थतन्त्र डामाडोल बनाउँदै हुनुहुन्छ।’ 

पूर्वाग्रह छाडेर काम गर्नुपर्ने सुझाव दिँदै अधिकारीले स्वास्थ्य बिमाबाट धनीले मात्र लाभ लिइरहेकाले सुधार गर्नुपर्ने बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

फेसबुकमा 'धन्यवाद पोस्ट' हाल्न बैठकमा ढिलो आइन् झाँक्री

आज उनको पार्टी एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक छ। बैठक भोलिसम्म चल्नेछ। बैठकमा उनी भर्खरै देखिएकी छिन्। उनी आउन त आइन् तर ढिलो। फेसबुकमा....

एमाले व्यक्तिवादी र निरङ्कुश पार्टी भएको माधव नेपालको आरोप

'एमाले दक्षिणपन्थी बाटोमा भासियो। व्यक्तिवाद, अहंकार देखियो। त्यो अहंकार निरङ्कुश देखियो', उनले भने। ओलीप्रति लक्षित गर्दै नेपालले एमालेलाई पेवाको रूपमा चलाउन थालिएको पनि बताए। उनले सत्तामा एकछत्र....

पहिलो केन्द्रीय परिषद् बैठकमा कतै देखिएनन् समाजवादीका मन्त्री पद खोसिएकाहरू

तर बैठकमा कतै पनि विरोध खतिवडा, प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ देखिएका छैनन्। उनीहरूलाई हिजो मात्र पार्टीले मन्त्री पदबाट फिर्ता बोलाएको थियो। एकैसाथ....

शपथ ग्रहण सकेर मन्त्रालय गए नवनियुक्त मन्त्रीहरू

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीलाई शपथ गराएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका राज्यमन्त्री बनेका हिराचन्द्र केसीलाई देउवाले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक....

'हाम्रोमा पनि मान्छे छन्' भन्ने देखाउन समाजवादीको केन्द्रीय परिषद् बैठक

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकमा पार्टीका महासचिव बेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। बैठकमा पार्टीको सांगठनिक गतिविधि, निर्वाचनको समीक्षा तथा तयारी लगायतका अजेण्डामा बैठकमा छलफल....