१० हजार भोटको अन्तरले चुनाव जित्ने चिरिबाबुको दावी

१० हजार भोटको अन्तरले चुनाव जित्ने चिरिबाबुको दावी

ललितपुर: ललितपुर महानगरका कांग्रेस उम्मेदवार चिरिबाबु महर्जनले २३ हजार ५६२ मत गणना गर्दा १२ हजार ८५८ मतले लिड गरिरहेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्याञ्जनकारले ६ हजार ४४० मत ल्याएर पछ्याइरहेका छन्।

२०७४ सालको निर्वाचनमा महर्जनले व्याञ्जनकारलाई ३२६ मतान्तरले पराजित गरेका थिए। ‘२०७४ सालमा मैले उहाँलाई मार्जिनल भोटले हराएको थिएँ। ३२६ भोटले मात्र मैले जितेको थिएँ। महानगरमा त्यो निकै सानो हो। उहाँले मलाई मुद्दा हाल्नुभयो। मुद्दा मैले नै जितें', महर्जनले भने, ‘५ वर्षमा मैले जे जति काम गरें, नगरबासीको मन जित्न सफल भएँ। ३२६ को दसाै‌ गुणाले लिड गर्सन फल भएँ।’

अहिले महर्जन ६ हजार ४१८ मतले अगाडि छन्। वडा नं १ देखि ८ सम्मको मग गणनामा महर्जन अगाडि देखिए। ‘६ हजारले म अगाडि छु भने बाँकी वडाहरुमा पनि नराम्रो छैन। सबै जोड्दा र प्रक्षेपण गर्दा मैले १० हजार भोटले चुनाव जित्छु,’ महर्जनले उकेरासँग भने।

४ जेठ, २०७९, १७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।