लुम्बिनी प्रदेशका ६९ स्थानीय तहको नतिजा सार्वजनिकः कुन पार्टीले कति पालिका जिते? 

लुम्बिनी प्रदेशका ६९ स्थानीय तहको नतिजा सार्वजनिकः कुन पार्टीले कति पालिका जिते? 

बुटवल : लुम्बिनी प्रदेशका १ सय ९ पालिका मध्ये अहिले सम्म ६९ पालिकाको आधिकारिक नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगको तथ्याङक अनुसार हाल सम्मको मतपरिणाम अनुसार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस पहिलो र एमाले तेस्रो स्थानमा छ।

नेपाली कांग्रेसले अहिले सम्म ३१ पालिकामा विजयी भएको छ। माओवादी २१ पालिकामा विजयी हुँदा एमाले जम्मा १५ पालिकामा विजयी भएको छ। २ पालिकामा जनमोर्चाले विजय हासिल गरेको छ।

१२ जिल्ला रहेको प्रदेशमा गुल्मी, रोल्पा, बर्दिया र रुकुम पुर् वका सबै पालिकाको मतगणना सकिएको छ। अर्घाखाँचीको सितगंगा नगरपालिका र सन्धीखर्क नगरपालिकाको मत परिणाम आधिकारिक अझै आएको छैन्। रुपन्देहीमा कञ्चन र शुद्धोधनमा मतगणना सकिएको छ। देवदह र ओमसतिया अन्तिम चरणमा छ। यी दुई पालिकामा एमालेको विजयी निश्चित भइसकेको छ।

को पनि मतपरिणाम आउने अन्तिम तयारीमा छ । झिमरुकमा माओवादी र गौमुखीमा कांग्रेसले जित्ने निश्चित जस्तै छ। दाङको घोराही र तुल्सीपुरमा मतगणना भइरहेको छ। बाँकेको नरैनापुर गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ, खजुरा, जानकी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतगणना भइरहेको छ।

नवलपरासी पश्चिममा बर्दघाट नगरपालिका, रामग्राम नगरपालिका, सुस्ता, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा मतगणना जारी छ। अहिले सम्म आयोगले आधिकारिक घोषणा गरेका ६९ पालिकामा को कति मतका साथ विजयी भए। 

नेपाली कांग्रेसले प्रमुख जितेका स्थानीय तहहरु
गुल्मी दरबार गाउँपालिका, गुल्मी
सरोज कुमार थापा (६१६६) विजयी, एमालेका कृष्ण बहादुर भुसाल (५६०२)
रेसुंगा नगरपालिका, गुल्मी
खिलध्वज पन्थी (८६१४) विजयी, एमालेका राजेन्द्र पाण्डे (७३२०)
मदाने गाउँपालिका, गुल्मी
महेन्द्र बहादुर कुँवर (४७०७) विजयी, एमालेका प्रेम बहादुर केसी (४६९७)
ईस्मा गाउँपालिका, गुल्मी
भरतसिंह खड्का (५५८९) विजयी, एमालेका हिरा बहादुर अर्याल (५४६४)
कालिगण्डकी गाउँपालिका, गुल्मी
बेद बहादुर थापा (४८१०) विजयी, एमालेका रामजी ढकाल (४६७७)
ऐरावती गाउँपालिका, प्यूठान
नविल विक्रम शाह (४६६९) विजयी, माओवादीका बुद्ध बस्नेत (२६५०)
स्वर्गद्धारी गाउँपालिका, प्युठान
टंकप्रसाद भण्डारी, (७७२६) विजयी, एमालेका राम प्रसाद श्रेष्ठ (५१५२)
राजपुर गाउँपालिका, दाङ
शरद कुमार बुढाथोकी (३९८०) विजयी, एमालेका चक्र खड्का (३१६७)
बबई गाउँपालिका, दाङ
कुल बहादुर खत्री (६६१५) विजयी, एमालेका भुवनेश्वर पौडेल (५५२९)
राजपुर गाउँपालिका, दाङ
शरद कुमार बुढाथोकी (३९८०) विजयी, माओवादीका चन्द्रबहादुर खड्का (३१६७)
दंगीशरण गाउँपालिका, दाङ
सम्भु गिरी (५४६७) विजयी, एमालेका मेघनाथ शाह (४०४९)
लमही नगरपालिका, दाङ
जोगराज चौधरी (९३१७) विजयी, माओवादीका बसन्तराज शर्मा (७२८५)
शान्तिनगर गाउँपालिका, दाङ
प्रमोद बस्नेत (५७१६) विजयी, एमालेका विष्णु केसी (४५२४)
डुडुवा गाउँपालिका, बाँके
नरेन्द्र कुमार चौधरी (६२७२) विजयी, जसपाका भण्डारीलाल अहिर (५१२५)
राप्ती सोनारी गाउँपालिका, बाँके
तप्त बहादुर पौडेल (१०११२) विजयी, माओवादीका पट्टु थारु (९२९२)
बारबर्दिया नगरपालिका, बर्दिया
छविलाल थारु (१३००६) विजयी, एमालेका पदम प्रसाद ढकाल (१०३५१)
गुलरिया नगरपालिका, बर्दिया
मुक्तिनाथ यादव (७०८९) विजयी, एमालेका अमर खड्का (७८११)
गेरुवा गाउँपालिका, बर्दिया
जमान केसी (७६९८) विजयी, माओवादीका विश्वबहादुर थारु (६६२०)
ठाकुरबाबा नगरपालिका, बर्दिया
तिलकराम लम्साल (९०४२) विजयी, माओवादीका नेत्रराज आचार्य (६८१८)
बारबर्दिया गाँउपालिका, बर्दिया
छविलाल थारु (१३००६) विजयी, एमालेका पदम ढकाल (१०३५१)
मधुवन नगरपालिका, बर्दिया
तेज बहादुर भाट (८७७५) विजयी, माओवादीका लक्ष्मी शर्मा (७९३१)
रैनादेवी छहरा गाउँपालिका, पाल्पा
रुक्मागत भटट्राई (६६४३) विजयी, राम बहादुर राउत (६१४५)
रामपुर नगरपालिका, पाल्पा
रमण बहादुर थापा (१०४५६) विजयी, एमालेका शिव अर्याल (१००८३)
तानसेन नगरपालिका, पाल्पा
सन्तोषलाल श्रेष्ठ (११२७३) विजयी, एमालेका घनेन्द्रराज घिमिरे (१०३९४)
रामपुर नगरापालिका, पाल्पा
रमण बहादुर थापा (९३०९) विजयी, एमालेका शिव अर्याल (९२४२)
रैनादेवी छहरा गाउँपालिका, पाल्पा
रुक्मागत भटट्राई (६६४३) विजयी, एमालेका रामबहादुर राउत (६१४५)
गंगादेव गाउँपालिका, रोल्पा
हरि बहादुर पुन (२५५७) विजयी, एमालेका रोशन कुमार वली (२४९९)
रुन्टीगढी गाउँपालिका, रोल्पा
जनक पुन (४३९१) विजयी, माओवादीका गोविन्द पुन मगर (३७०८)
शुद्धोधन गाउँपालिका, रुपन्देही
विष्णु प्रसाद बस्याल (७९८३) विजयी, एमालेका किशुनचन्द चौधरी (६२७०)
कञ्चन गाउँपालिका, रुपन्देही
नवराज ढकाल (९०८५) विजयी, एमालेका दिनानाथ आचार्य (७८५४)
छत्रदेव गाउँपालिका, अर्घाखाँची
चन्द्रमान श्रेष्ठ (७४०७) विजयी, एमालेका दिपक पन्थी (७२२४)

नेकपा एमालेले प्रमुख जितेका स्थानीय तह
पुर्वखोला गाउँपालिका, पाल्पा
नुन बहादुर थापा (६०३९) विजयी, नेकपा एसका मिन प्रसाद गिरी (१२५७)
तिनाउ गाउँपालिका, पाल्पा
प्रेम श्रेष्ठ (५०९०) विजयी, माओवादीका राजेश श्रेष्ठ (४४६६)
माथागढी गाउँपालिका, पाल्पा
यम बहादुर चिदी (६१०९) विजयी, कांग्रेसका सन्तोष थापा (५५४५)
निस्दी गाउँपालिका, पाल्पा
मुक्त बहादुर सारु (६६५२) विजयी, कांग्रेसका गोविन्द अर्याल (३४६६)
बगनासकाली गाउँपालिका, पाल्पा
सरास्वती दर्लामी चिदी (६४६६) विजयी, कांग्रेसकी सुनिता अधिकारी ५६३३
छत्रकोट गाउँपालिका, गुल्मी
रामप्रसाद पाण्डेय (६५८६) विजयी, कांग्रेसका अनन्तराम पौडेल (५९४८)
सत्यवती गाउँपालिका, गुल्मी
टिकाराम पाण्डे (६२६७) विजयी, कांग्रेसका पारिश्वर ढकाल (५६११)
मुसिकोट नगरपालिका, गुल्मी
जीवलाल खरेल (५४२७) विजयी, कांग्रेसका हरि नारायण सापकोटा (५२६५)
सरुमारानी गाउँपालिका, प्यूठान
झगबहादुर विश्वकर्मा (४२८०) विजयी, कांग्रेसका मुकुन्दराज शर्मा (४१९४)
नौबहिनी गाउँपालिका, प्युठान
दिल बहादुर थापा (६५३७) विजयी, कांग्रेसका शिवराज रिजाल (५६६२)
मालारानी गाउँपालिका, अर्घाखाँची
दल बहादुर भटट्राई (८२८३) विजयी, माओवादीका पदम क्षेत्री (६७२७)
पाणिनी गाउँपालिका, अर्घाखाँची
टेकराज न्यौपाने (७७४९) विजयी, कांग्रेसका अच्युत गौतम (७०२८)
त्रिवेणी गाउँपालिका, रोल्पा
कर्ण बहादुर बाठा मगर (५०८५) विजयी, माओवादीका रेशम पुन (४४६३)
बासगढी नगरपालिका, बर्दिया
खड्ग बहादुर खड्का (१०९४७) विजयी, माओवादीका भवन थारु (९७६३)
सरावल गाउँपालिका, नवलपरासी पश्चिम
सुखाडि चौधरी (७०५९) विजयी, कांग्रेसका अनिल कुमार गौड (४०८९)

माओवादी केन्द्रले प्रमुख जितेका स्थानीय तह
थवाङ गाउँपालिका, रोल्पा
क्रृषि केशव बुढामगर (२१२२) विजयी, स्वतन्त्र दलजित रोका (१५०६)
रोल्पा नगरपालिका, रोल्पा
सुरेन्द्र थापा (७६०३) विजयी, कांग्रेस शेरबहादुर थापा (३६५८)
परिवर्तन गाउँपालिका, रोल्पा
सुकबहादुर बुढामगर (३३११) विजयी, कांग्रेसका विश्व कुमार चन्द (३१२९)
सुनिल स्मृति गाउँपालिका, रोल्पा
मणिराम बुढाथोकी (६०६२) विजयी, कांग्रेसका गन्ज बहादुर क्षेत्री (३८९३)
लुङ्ग्री गाउँपालिका, रोल्पा
भरत कुमार थापा (४९६४) विजयी, कांग्रेसका जनक खड्का (४२९९)
माडि गाउँपालिका, रोल्पा
अमरसिंह घर्तीमगर (३८३०) विजयी, एमालेका विजय घर्ती (३३८१)
सुनछहारी गाउँपालिका, रोल्पा
धनबहादुर पुन (३४३९) विजयी, स्वतन्त्रका पुस्तमन घर्ती (१५२३)
चन्द्रकोट गाउँपालिका, गुल्मी
युवराज खत्री क्षेत्री (५७००) विजयी, एमालेका चेतन बहादुर बस्नेत (३२४७)
धुर्कोट गाउँपालिका, गुल्मी
भुपाल पोखरेल (६०८९) विजयी, कांग्रेसका महेन्द्र भण्डारी (४२६१)
रुरुक्षेत्र गाउँपालिका, गुल्मी
यदु ज्ञवाली (५८१६) विजयी, एमालेका हिमाल कुमार श्रेष्ठ (४५४०)
मालिका गाउँपालिका, गुल्मी
देविराम अर्याल (६१७६) विजयी, एमालेका रित बहादुर थापा (४६१७)
पुथा उत्तरगंगा गाउँपालिका, रुकुम पूर्व
पुनिराज घर्ती (३९१३) विजयी, कांग्रेसका तेजेन्द्र खाम मगर (२११३)
सिस्ने गाउँपालिका, रुकुम पूर्व
कृष्ण रेग्मी (३७७९) विजयी, कांग्रेसका दत्त बहादुर बस्नेत (३७००)
भुमे गाउँपालिका, रुकुम पुर्व
होम प्रकाश श्रेष्ठ (३९७५) विजयी, मंगल अग्रनाईजेशनका रतन (५०३)
बंगलाचुली गाउँपालिका, दाङ
तुल्सीराम पुन मगर (५७४९) विजयी, एमालेका भेषराज खत्री (३६७८)
राप्ती गाउँपालिका, दाङ
प्रकाश विष्ट (६८९८), एमालेका जगत पोखरेल (५७००)
गढवा गाउँपालिका, दाङ
यम नारायण शर्मा पोखरेल (६९०९) विजयी, कांग्रेसका सर्वजित डिसी (६१६७)
प्यूठान नगरपालिका, प्यूठान
विष्णु बहादुर योगी (९३२३) विजयी, एमालेका विजय विष्ट (७८१६)
माण्डवी गाउँपालिका, प्यूठान
नमराज अधिकारी (३६७६) विजयी, एमालेका श्रीधर रोका (३४१९)
रिब्दीकोट गाउँपालिका, पाल्पा
नारायण बहादुर कार्की, (५७०४) विजयी, एमालेका नारायण बहादुर जिसी (४७२६)
राजापुर गाउँपालिका बर्दिया
दिपेश थारु (९८०७) विजयी, कांग्रेसका दिपक शाह (९७६०)

राष्ट्रिय जनमोर्चाले जितेको पालिका
मल्लरानी गाउँपालिका, प्युठान
कृष्ण बहादुर खडका (३५७६) विजयी, एमालेका शिवराज श्रेष्ठ (३०८९)
भुमिकास्थान नगरपालिका, अर्घाखाँची
झविलाल थापा (८३२४) विजयी,एमालेका रेशम थापा (७५२४)
 

४ जेठ, २०७९, १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।