रुपन्देहीको देवदहमा एमाले विजयी

रुपन्देहीको देवदहमा एमाले विजयी

बुटवल : रुपन्देहीको देवदहमा नेकपा एमालेले विजयी हासिल गरेको छ। एमालेले जिल्लामै खाता खोलेको छ। तीन पालिकाको अहिले सम्म नतिजा सार्वजनिक भएको छ । कञ्चन र शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ।

देवदह नगरपालिकाको नगर प्रमुखमा ध्रुव खरेल र उपप्रमुखमा विद्यालक्ष्मी गुरूङ निर्वाचित भएका हुन्। खरेलले कांग्रेसका निवर्तमान मेयरसमेत रहेका गठबन्धनका उम्मेदवार हीराबहादुर खत्रीलाई पराजित गरेका हुन्। विद्यालक्ष्मी गुरुङ दोस्रो पटक उपप्रमुखमा निर्वाचित भएकी हुन्। 

प्रमुखमा ध्रुव खरेलले १२ हजार ९ सय ४३ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ३ सय २३ मत पाए।

यस्तै, उपप्रमुखमा एमालेकी विद्यालक्ष्मी गुरुङले जीत हात पारेकी छन् । उनले १३ हजार ७ सय ८४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुन्दरी गिरीले ७ हजार २ सय ९० मत पाइन्।

४ जेठ, २०७९, १५:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।