गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गरेकी छन्। गृहमन्त्रालयमा भएको भेटमा उनीहकाबीच बीच दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो । 

भेटमा गृहमन्त्री खाणले स्थानीय  तहको निर्वाचन सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको बताए। चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै उनले आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे। 

भेटमा राजदूत यान्छीले भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको पनि बताइन्। उनले काठमाडौँबाट चीनको कुनमिङमा ३० मेबाट सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्।

४ जेठ, २०७९, १४:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।