एमालेको विजय जुलुसमा हिँडेको मिनी ट्रक दुर्घटनाः २४ जना घाइते, ६ को अवस्था गम्भीर

एमालेको विजय जुलुसमा हिँडेको मिनी ट्रक दुर्घटनाः २४ जना घाइते, ६ को अवस्था गम्भीर

बुटवल : रुपन्देहीको सिद्धार्थनगरमा विजयी जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटनामा परेको छ। सिद्धार्थ नगरपालिकाको वडा नं.१० मा विजय जुलुसमा प्रयोग भएको मिनी ट्रक दुर्घटना भएको हो। 

मतगणना स्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु १ ख ८०७८ नम्बरको मिनि ट्रक दुर्घटनामा हुँदा र २४ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। सिद्धार्थनगर नगरपालिका–१० का ३५ वर्षीय बुद्ध कुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनीया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।

घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सिद्धार्थनगर९१० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन्।
 

४ जेठ, २०७९, १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।