पोखरा महानगरमा अग्रता बढाउँदै गठबन्धन

पोखरा महानगरमा अग्रता बढाउँदै गठबन्धन

पोखरा : पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्। मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेका छन्।

महानगरमा ३६ हजार ८ सय १३ मतगणना हुँदा समाजवादीका आचार्यले १५ हजार २ सय ८८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्णबहादुर थापाले १३ हजार ३ सय २९ मत पाएका छन्। थापाको भन्दा आचार्यको १ हजार ९ सय ५९ मत बढी छ।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले १५ हजार ५ सय ९५ मत प्राप्त गरेकी छन् भने एमालेकी मन्जुदेवी गुरुङले १५ हजार २ सय २५ मत प्राप्त गरेकी छन्। 

महानगरको वडा नं १, ५ मा एमाले, वडा नम्बर २, ३, ४, १२, २३ र २४ मा कांग्रेस विजय भएको छ। महानगरमा अहिलेसम्म वडा नम्बर ६,७, १३, २०, २५ र २६ को मतगणना चलिरहेको छ। 

पोखरा महानगरपालिकामा दुई लाख ७ हजार ७ सय १२ मतदाता रहेका छन्। निर्वाचनमा महानगरमा एक लाख ४३ हजार २ सय २६ मत खसेको थियो।

४ जेठ, २०७९, १३:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।