आज कति छ सुनको मूल्य ?

आज कति छ सुनको मूल्य ?

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा ९०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० तोकिएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९५ हजार ३०० कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु १० ले घटेको छ। आज चाँदी तोलामा एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ।

४ जेठ, २०७९, १३:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।