सिके राउतको जनमत पार्टीका माझी हनुमाननगर कङ्कालिनी नगरपालिकाको मेयरमा विजयी

सिके राउतको जनमत पार्टीका माझी हनुमाननगर कङ्कालिनी नगरपालिकाको मेयरमा विजयी

सप्तरीः सिके राउत नेतृत्त्वको जनमत पार्टीले एउटा स्थानीय तहमा विजय हासिल गरेको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा जनमत पार्टीले मेयर पदमा विजय हासिल गरेको हो।

जनमत पार्टीका वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका हुन्। उनले जनता समाजवादी पार्टी (जसपा)का शैलेशकुमार साहलाई पराजित गरेका हुन्। उनले ६ हजार २४६ मत प्राप्त गरेका थिए।

यसअघिको निर्वाचनमा तत्कालीन राजपाबाट मेयरमा निर्वाचित साहले पाँच हजार ७२० मत ल्याएका थिए। माझीले चार हजार ३६५ मत ल्याएका थिए।

नगरपालिकामा उपमेयरमा सरिता सिपलिया यादव पुनः निर्वाचित भएकी छिन्। उनले ६ हजार ५१२ मत प्राप्त गरिन्। गत निर्वाचनमा समेत राजपाबाट पाँच हजार ४१७ मत ल्याएर उनी उपमेयर बनेकी थिइन्।

४ जेठ, २०७९, १३:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।