बालेनले चिरिबाबुलाई भने, 'कोर एरियामा पनि मेरो मत बराबरी आउँछ'

बालेनले चिरिबाबुलाई भने, 'कोर एरियामा पनि मेरो मत बराबरी आउँछ'

काठमाडौंः काठमाडौं महानगरपालिकाको जारी मतगणनामा अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार बालेन साह बुधबार बिहान ललितपुरको मतगणनास्थल पुगे। त्यहाँ उनले ललितपुर महानगरका मेयरका उम्मेदवार चिरिबाबु महर्जनसँग भेटे।

भेटमा बालेनले काठमाडौको कोर एरियाबाट पनि आफूलाई अहिलेको जस्तै मत आउने दावी गरे।

'कोर एरियामा पनि मेरो मत बराबरी आउँछ। सबैले मलाई युवाहरूले मात्रै मत दिएको ठानेका छन्। तर, ५० वर्षमाथिका उमेर समूहले पनि उत्तिकै मत दिनुभएको छ,' बालेनले महर्जनसँग भने।

काठमाडौं महानगरको १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ नम्बर वडाको गणनामा बालेनले अग्रता लिएका छन्।

४ जेठ, २०७९, १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।