मध्यपुरथिमि: कांग्रेसबाट उठेका जेठानले एमालेबाट उठेका ज्वाइँलाई हराए

मध्यपुरथिमि: कांग्रेसबाट उठेका जेठानले एमालेबाट उठेका ज्वाइँलाई हराए

काठमाडौंः भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिकामा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ मेयरमा निर्वाचित भएका छन्। उनले एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई चार हजार ६३ मतान्तरले हराएका हुन्।

सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गर्दा मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे।

यसअघिको निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट मेयरमा विजय मदनसुन्दर सुरेन्द्रका ज्वाइँ हुन्।

उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विजयकृष्ण श्रेष्ठ १२ हजार १०२ मतसहित निर्वाचित भए। उनका  प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपालले आठ हजार ९६३ मत प्राप्त गरिन्।

मध्यपुरथिमिका नौ वटा वडामध्ये कांग्रेस १, २, ३, ५, ६ र ९ वडामा विजय भएको छ। ४ र ७ मा एमाले तथा ८ मा नेमकिपाका उम्मेदवार विजयी भएका छन्।

४ जेठ, २०७९, ११:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।