एउटा वडाको मतगणना बाँकी छँदै गोरखा नगरपालिकाको मेयरमा माओवादीका रानामगर विजयी

एउटा वडाको मतगणना बाँकी छँदै गोरखा नगरपालिकाको मेयरमा माओवादीका रानामगर विजयी

पोखरा : गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका कृष्ण रानामगर विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार एवं गोरखा नगरपालिकाका निवर्तमान मेयर राजनराज पन्तलाई हराएका हराएका हुन्। 

गोरखा गरपालिकामा १४ वटा वडामध्ये १३ वडाको मतगणना सकिँदा रानामगरले ८ हजार २ सय ९५ मत पाएका छन्। उनका मुख्य प्रतिस्पर्धी पन्तले ६ हजार ४ सय ५६ मत ल्याएर पछ्याइरहेका छन्। 

रानामगर र पन्तको मतान्तर १ हजार ८ सय ३९ रहेको छ। अब वडा नम्बर १४ को १ हजार ४०१ मत मात्र गन्न बाँकी रहेको छ। एउटा वडामा गन्न बाँकी मतभन्दा बढी मतले रानमगरले अग्रता लिएकाले जित सुनिश्चित भए पनि मतगणना भने सकिएको छैन। 

२०७४ को स्थानीय निर्वाचनमा पन्त ६ हजार ५ सय ६० मत पाएर विजयी भएका थिए। त्यस बेला पन्तसँग रानामगर ५ हजार २६ मत पाएर पराजित भएका थिए।

४ जेठ, २०७९, ११:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।