बागलुङ नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ, उपमेयरमा माओवादीका खड्का विजयी

बागलुङ नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ, उपमेयरमा माओवादीका खड्का विजयी

बागलुङः बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले निर्वतमान मेयर एमालेका जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।

श्रेष्ठले १४ हजार ६७८ मत पाउँदा पौडेलले आठ हजार ८२१ मत पाए।

गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँगै दुई हजार ३०० मतान्तरले पराजित भएका थिए। दोस्रो पटकको प्रतिस्पर्धामा श्रेष्ठले बाजी मारेका हुन्।

उपमेयरमा माओवादी केन्द्रका राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भए। उनले राप्रपाका सञ्जय खड्कालाई पराजित गरेका हुन्। उनले आठ हजार ६४ मत पाए।

बागलुङ नगरका १४ वटा वडामध्ये ११ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० एकीकृत समाजवादीले, वडा नंं ४ माओवादीले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

वडा नंं ५, ६ र ७ मा भने एमालेका उम्मेदवार निर्वाचित भएका छन्।

४ जेठ, २०७९, १०:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।