पोखराः लमजुङको बेंसीशहर नगरपालिकाको प्रमुख र उपप्रमुमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। प्रमुखमा गुमानसिंह अर्यालले नौ हजार ४७९ मत पाएर विजयी भएका छन्।
स्थानीय सरकार
उनका प्रतिस्पर्धी गठबन्धबाट नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले सात हजार ४७१ मत पाए।
अर्याल यसअघि पनि बेंसीशहरको मेयरमा विजयी भएका थिए। अहिले पुनः दोस्रो कार्यकालका लागि उनी मेयरमा निर्वाचित भएका हुन्।
त्यसैगरी मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजितबहादुर अधिकारीले १४६ मत पाए। मंगोल नेशनल अर्गनाइजेसनका कुलुकुमारी गुरुङले ५३ मत पाइन्।
उपप्रमुखमा एमालेकी पद्मा गुरुङले आठ हजार ७१४ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले चार हजार ६९९ मत पाए।
स्वतन्त्र उम्मेदवार जीवनकुमार श्रेष्ठले एक हजार ६१५ मत पाए।
बेंसीशहर नगरपालिकामा ११ वटा वडामध्ये एमालेले सात वडा जितेको छ। कांग्रेसले दुई, माओवादीले एक र स्वतन्त्रले एउटा वडा जितेको छ। स्वतन्त्रमा विजयी प्रकाश थापा एमालेका बागी उम्मेदवार हुन्।
२०७९ जेठ ०४ गते १०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।