काठमाडौं महानगर– ५ को वडाध्यक्षमा एमालेका प्रजापति विजयी

काठमाडौं महानगर– ५ को वडाध्यक्षमा एमालेका प्रजापति विजयी

काठमाडौंः एमालेका वीरेन्द्र प्रजापतिले काठमाडौं महानगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा जित हासिल गरेका छन्। प्रजापतिले नेपाली कांग्रेसका रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी भएका हुन्।

प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाएका थिए। सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय भएका छन्।

महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी भएका छन्।

यसअघि नै महानगरको वडा नं १ र २ को मतपरिणाम सार्वजनिक भइसकेको छ। वडा १ मा एमालेका भरतलाल श्रेष्ठ, २ मा पनि एमालेकै राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन्।

वडा नम्बर ५ हाँडीगाउँ क्षेत्र हो।

४ जेठ, २०७९, ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।